भगवती सामुदायिक वनको २२औँ बार्षिक साधारण सभा : वन सरक्षणदेखि सामुदायिक विकासका

कञ्चनपुर : कञ्चनपुरको भगवती सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटाको भगवती सामुदायिक वन उपभोक्ता समुहको २२औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा भगवती सामुदायिक वनका अध्यक्ष केशव धामीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले वन, पर्यावरण बन्यजन्तुको सरक्षणका साथै सामुदायिक बृद्धि विकासका काम गरेको बताए । अध्यक्ष धामीका अनुसार सामुदायिक वनले उपभोक्ताहरुको आधारभूत आवश्यकता मध्य नजर गर्दै काठ दाउरा वितरण गरिएको बताए । विगतमा ५सय हाराहारी क्युफिट काठ वितरणमा अहिले बृद्धि गरेर २ हजार हाराहारी पु¥याएको बताए । उपभोक्ताको माग अनुरुप सामुदायिक वनले पहल गरेको बताए ।

वनमा कार्य योजना बनाएर तारबारदेखि बृक्षारोपण गर्दै सरक्षणका कार्यक्रम अघि बढाएको बताउँदै उनले सडक स्तरोन्नती, सडक बत्ति, मठ मन्दिर क्षेत्रको विकास, जटिल रोगबाट ग्रासित उपभोक्तालाई उपचार खर्च, घाँस काट्ने मेसिन वितरण, एकल महिलालाई निःशुल्क काठ वितरण, वडा कार्यालयदेखि सामुदायिक विद्यालयमा फर्निचर वितरण, मानव बन्यजन्तुवीच हुने द्वन्द्व न्यूनिकरणका लागि सचेतनामुलक छलफल, दाह संस्कारका लागि समेत निःशुल्क दाउरा वितरण, चोरी शिकारी नियन्त्रण, सिसिटिभी जडान, खेलकुद तर्फ समेत सहयोग, खाली जमिनमा बृक्षारोपण सहितका सरक्षणका कार्यक्रम गरिएका छन । सामुदायिक उपभोक्ताहरुको आर्थिक बृद्धिका लागि बेदबाँसका डोका, सुपो सहित निर्माण गरिएका छन । यसका साथै गैर उपभोक्ताहरुलाई समेत दाउरा वितरण गरिएका छन । यस्तै अध्यक्ष धामीले आगामी बर्षका लागि समेत कार्य योजना पेश गरेका छन । सामुदायिक वनमा थप बृक्षारोपण गर्दै उपभोक्ताहरुलाई दाउरामाथिको भार घटाउन ग्याँस चुलो वितरण, मुहान सरक्षण एव समाजिक कार्य गरिनेछन ।

चालु आर्थिक बर्षमा झण्डै ७५लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । अध्यक्ष धामीले वनका झन्झटिला ऐन नियम, अनावश्यक र जस्ता व्यवस्थाले वन विकासमा समस्या भईरहेको बताए । कार्यक्रममा सामुदायिक वनको बृद्धि विकासका लागि सहयोग गर्ने सरक्षणकर्मीलाई सम्मान गरिएको छ । सामुदायिक वनका संस्थापक अध्यक्ष रुद्रसिह ठगुन्ना, पुर्व अध्यक्ष गणेश ठगुन्ना, कृष्ण सिह ठगुन्ना, स्व. संस्थापक सदस्य गज ब. धामी, गोबिन्द क्षेत्री, मानसिह धामी, राम सिह महरा, नवयुव जागरण क्लबका अध्यक्ष रामसिह बोहरा, अपिनम्पा सहकारीका अध्यक्ष चक्र्र ठगुन्ना, सरक्षणकर्मी गणेश ब. सिह, जयमान बोहरा सहितलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधीले सामुदायिक वनले सरक्षणका साथै सामुदायिक हितका क्षेत्रमा काम गर्दै आएकोमा प्रसंसा गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय वन निर्देशक हेमराज विष्टले भगवती सामुदायिक वनले वन, पर्यावरण बन्यजन्तु सरक्षणका साथै उपभोक्ताको प्राकृतिक हकअधिकारका साथै सामुदायिक विकासका योगदान पु¥याएको भन्दै प्रसंसा गरेका छन । बिशिष्ठ अतिथि समेत रहेका शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महराले वनको बृद्धि विकासका साथै सामुदायिक हकहितका काममा भगवती सामुदायिक वनले भूमिका निर्वाह गरेको बताए । शुभकामना मन्तव्य दिर्दै अन्य अतिथि एव सरोकारवालाहरुले समेत भगवती सामुदायिक वनले गरेका प्रयास सरानिय भएको बताएका छन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सामुदायिक वनका सचिव धनमाया कुमारी धामीले वन सरक्षणका क्षेत्रमा थुप्रै काम गरेको बताएकी छिन । कार्यक्रममा वन सरक्षणकर्मीदेखिका सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा समाचार