कञ्चनपुर : भोली(बिहीबार) कञ्चनपुरको महेन्द्रनगरमा नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन हुन लागेको छ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन हुन लागेको हो । यस अघि प्रथम अधिवेशन कैलालीको धनगढी र दोस्रो अधिवेशन कञ्चनपुरको महेन्द्रनरमा हुन लागेको आयोजकले जनाएको छ ।

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका महासचिव महादेव जोशीले दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । महासचिव जोशीका अनुसार प्रदेश अधिवेशन अवागै सुपका सबै जिल्लाहरुम अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व सहित जिल्ला समिति चयन, प्रदेश एव केन्द्रीय प्रतिनिधी चयन गरिएको बताए । यस अघि नेपाल निजामती कर्मचारी संगठन सुपका ९वटै जिल्ला अधिवेशन सम्पन्न गरेको थियो । कञ्चनपुर मान बहादुर चन्द, दार्चुला राजेन्द्र सिह धामी, कैलाली खगेन्द्र रावल, डोटी लक्ष्मण राज जोशी, अछाम जगत ब. रावल, बझाखगेन्द्र रावल, डोटी लक्ष्मण राज जोशी, अछाम जगत ब. रावल, बझाङ्ग मुकेश कुमार थापा, बैतडी पदम ब. कार्की, बाजुरा अमर रोकायाको अध्यक्षतामा जिल्ला कार्य समिति विस्तार गरिएका थिए ।
महासचिव जोशीका अनुसार बिहान ११ बजेतिर एमाले कञ्चनपुर पाटी कार्यालयको माथिल्लो तला मदन आश्रित हलमा उद्घाटन हुने दोस्रो अधिवेशनको संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आथित्य एव एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावल प्रमुख वक्ता रहेका छन । अधिवेशनमा सुप प्रदेश भरीका नेपाल निजामती कर्मचारी संगठनका नेता कार्यकर्ताहरु सहभागि हुने छन । अधिवेशनबाट नयाँ कार्य समिति विस्तार हुने जनाईएको छ ।

