झलारी : शुक्लाफाँटा नगरपालिका ४ स्थीत राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीको मंगलवार ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर धानुकको सभापतित्वमा आयोजन गरिएको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो ।
बिशिष्ठ अतिथिमा नगर उप प्रमुख कल्पना पन्त रहनु भएको थियो । वार्षिकोत्सव समारोह उद्घाटन कार्यक्रममा मन्तव्य राख्नु हुदै नगर प्रमुख रण बहादुर महराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतमा राखेर नगरपालिकाले सुधारका कार्यहरु अगाडी बढाएको बताउनु भयो । अन्यौलताको अबस्थामा रहेको शिक्षा क्षेत्रलाई व्यवस्थीत गर्नका लागि शिक्षक दरबन्दी मिलान, प्रद्यानाअध्यापक व्यवस्थापनको कार्य संगै आधारभूत तहमा विद्यालय मर्ज र डाउनसाइजिङको कार्य गरिएको बताउनु भयो । सुधारका कार्यको नतिजा विस्तारै देखिदै जाने उहाँले उल्लेख गर्नु भयो ।

नयाँ शैक्षिक सत्र शुरु हुन अगावै चैत महिना भित्रै अन्य शिक्षक व्यवस्थापनको कार्यलाई टुङगोमा पुरयाईने उहाँले बताउनु भयो । स्वास्थ्य क्षेत्रको सुधारका लागि नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुमा जनशक्ति व्यवस्थापनको कार्य संगै औषधी आपुर्तिको कार्यलाई निरन्तरता दिईएको उहाँले बताउनु भयो । पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरी सेवा दिने कार्य गरिएको कुरामा जोड दिदै उहाँले नगर अस्पताल भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो । अस्पताल निर्माणको कार्य पुरा भएपछि मन्त्रालयबाटै चिकित्सक सहितका कर्मचारीको खटनपटनको कार्य हुने उहाँको भनाई थियो । नगर गौरवका योजना अन्र्तगत चक्रपथ सडक निर्माणको कार्यले गति लिएको छ उहाँले भन्नुभयो, चाडैं आगामी बर्षको बजेटमा वडा नं २ को रानीपुर र वडा नं ३ को जोनापुर जोडनका लागि सनवोरा नदीमा पक्कि पुल निर्माणका लागि पहल गर्छौ ।

कवर्ड हल निर्माको कार्य पुराभै सञ्चालनमा आउन लागेको उहाँले जानकारी दिनु भयो । व्यवसायीक कृषि क्षेत्रलाई अगाडी बढाउनका लागि गैरसरकारी संस्थाहरु संग सहकार्य र समन्वयको कार्य भैरहेको उहाँले उल्लेख गर्नु भयो । अर्जुनी क्षेत्रमा मिनी चिडिया खाना निर्माण गर्ने कार्य अगाडी बढाईएको उहाँको भनाई थियो । प्रदेश र संघीय सरकार संग समन्वय गरी नगरपालिकाका वडाहरुमा सडक स्तरोन्नी र कालोपत्रेको कार्य अगाडी बढेको उहाँले बताउनु भयो । जिल्लाका स्थानिय तहहरु भन्दा कार्यसम्पादन लगायतका क्षेत्रका सूचकमा नगरपालिका अगाडी रहको उहाँले जानकारी दिनु भयो । चार वटा विद्यालयमा चार कोठे भवन निर्माणको कार्य अगाडी बढाईएको उहाँले बताउनु भयो । यस विद्यालयलाई नमूना बनाउन प्रस्ताव आएमा अगाडी बढाउनका लागि अग्रसर भएर लाग्ने उहाँको भनाई थियो । नगर उप प्रमुख कल्पना पन्तले नगरपालिकाको सबै भन्दा ठुलो लगानी शिक्षा क्षेत्रमा रहेको बताउनु भयो । लगानी अनुरुप प्रतिफल आउनु पर्छ उहाँले भन्नुभयो, शिक्षाको गुस्तर सुधार गरी चरित्रवान नैतिकवान विद्यार्थी उत्पादन गरिनु पर्छ । विद्यालय सुधारका लागि सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा उहाँलको जोड थियो । किसोर किसोरीहरु लागु औषधको कुलतमा फस्दै गएको कुरामा जोड दिनु हुदै उहाँले विद्यालयले लागु औषध नियन्त्रण गर्नका लागि सचेतना मूलक सूचना कक्षाहरुमा सम्प्रेषण गर्नु पर्ने बताउनु भयो । वडा नं ४ का वडा अध्यक्ष कमल ठकुल्लाले विद्यालयको चौतर्फि विकासमा वडा कार्यालयका तर्फबाट सधैं सहयोग रहने बताउनु भयो ।

वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले शिक्षा क्षेत्रमा देखिने गरि कार्य गरेको चर्चा गर्नु हुदै त्यसको परिणामा विस्तारै देखिदै जाने बताउनु भयो । नैतिकवान र चरित्रवान विद्यार्थी बनाउनका लागि विद्यालयमा शिक्षक र विद्यालय पछि अभिभावकको महत्वपूर्ण योगदान रहने उहाँले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बिष्णुदत्त जोशीले विद्यालयलाई आर्थिक भार नहुने गरी श्रोतको सुनिश्चित गरी नगर शिक्षक नियुक्त गरिएकोमा नगरकार्यपालिकालाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले नगर क्षेत्रमा कम्तीमा पनि एक विद्यालयलाई नमूना विद्यालयका रुपमा विकसित गरिनु पर्नेमा जोड दिनु भयो ।विद्यालयका पूर्व प्रद्यानअध्यापक मोहनचन्द्र जोशीले जिल्लामै व्यवस्थीत विद्यालय रहेकोमा जोड दिनु हुदै विद्यालयलाई यहाँ सम्म ल्याई पुरयाउने कार्यमा शिक्षक अभिभावकको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
वार्षिकोत्सवका अवसरमा नेपाली काँग्रेसका पार्टी प्रतिनिधि भीमदत्त पन्त, नेकपा(एमाले) नगर कमिटि अध्यक्ष धिरेन्द्र साउद, धर्मजनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सिंह ठगुन्ना, नगरपालिकाको खेलकुद समितिका अध्यक्ष चक्र बहादुर साउद लगायतले विद्यालयको प्रगतिको कामना गर्नु भएको थियो ।स्वागत मन्तव्य विद्यालयका शिक्षक अम्बादत्त जोशीले राख्नु भएको थियो । बार्षिक प्रतिवेदन विद्यालयका प्रद्यानाअध्यापक धन सिंह महराले प्रस्तुत गर्नु भएको थियो । विद्यालयको भौतिक, शैक्षिक, आर्थिक अस्थाका साथै चुनौती र समस्या बारे उहाँले प्रतिवेदन वाचन गरी सहभागी अतिथिहरुलाई सुनाउनु भएको थियो । वार्षिक उत्सवका अवसरमा विद्यालयका उत्कृष्ट छात्र छात्राहरुलाई नगद पुरुस्कारबाट पुरुस्कृत गरिएको थियो । विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृति नृत्य तथा गीतहरु उत्सवका अवसरमा प्रस्तुत गरेका थिए । विद्यालयको बार्षिक उत्सवकै अवसरमा नगरपालिकाको रु ५६ लाख बजेटमा निर्माण हुने चार कोठे विद्यालय भवनको नगर प्रमुख रण बहादुर महराले शिलान्यास समेत गर्नु भएको छ ।






