कञ्चनपुर : राष्ट्रिय खोप कार्यक्रम पाठेघरको मुखको क्यान्सर गराउने हुमनपेपीलोमा भाइरस विरुद्धको एच.पि.भी. खोप अभियान २०८१को बेदकोट नगरपालिका को तयारी पुरा भएको छ । अभियान माघ २२ गते देखी फागुन ६ गते सम्म सञ्चालन गरीने छ । वेदकोट नगरपालिमा वडा नम्बर ९ मा रहेको सुन्दरपुर आधारभुत स्वस्थ्य केन्द्रमा वडा खोप समन्वय समितिका पधिकारी तथा महिला स्वयमसेसवकालाई खोपको वारेमा खोप केन्द्रका प्रमुख कृष्ण पालले जानकारी गराउु भयो ।

सुन्दरपुर आभारभुत स्वस्थ्य केन्द्रवाट २२ गते उदयदेव माध्यमिक विद्यालय, २३ चन्द्र देवल वोडिङ्ग स्कुल, २४ गते सुन्दरपुर आधारभुत स्वस्थ्य केन्द्रमा खोप सञ्चालन हुने केन्द्र प्रमुख पालले जानकारी गराउनु भयो । एच.पि.भी. खोप लगाइसकेपछि पाठेघर मुखको क्यानसर नहुने केन्द्र प्रमुख पालले जानकारी दिनु भयो । उनेले भने एच.पि.भी. यौन सम्मर्कवाट फैलने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरु कुनै न कुनै समयमा यो भाइरस बाट संक्रमित हुन्छन तर अधिकांशमा कुनै पनि लक्षण देखिदैन । उच्च जोखिम भएका एच.पि.भी. संगको निरन्तर संक्रमणले असामान्य कोशिकाहरुको विकास गराउन सक्छ जुन पछि क्यान्सर बन्न सक्छ । नेपालमा दैनिक ४ जना पाठेघरको क्यान्सरले मृत्युहुने गरेको तथ्याङ्क रहेकोछ ।

यो नेपालको सबै भन्दा वढि महिलाहरुमा क्यान्सर भएर मृत्यु हुने दरहो । नेपालमा आर्थिक वर्ष २०७३÷०७४मा कास्की र चितवनमा पाईलट कार्यक्रम वाट सुरु भएको र गत वर्ष देशका प्रतेक प्रदेशका केन्द्रय अस्पतालवाट एच.पि.भी. खोप दिईएको थियो । यस वर्ष सर्मपुण देश भरका कक्षा ६ देखी १० कक्षा सम्मका विद्यालय जाने वालिकाहरुलाई र १० वार्ष देखी १४ वर्ष उमेरका विद्यालय नजाने किसोरीहरुलाई यो खोप लगाउने अभियान रहेको छ ।







