महेन्द्रनगर :कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा शहीद दिवसको अवसरमा नृत्य र नाटक प्रतियोगिता सम्पन्न भएको छ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै शहीद दिवसको अवसरमा बेलौरी नगरपालिकामा नृत्य र नाटक प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगरपालिकाका उप-मेयर जोगरामा चौधरी रहनु भएको थियो।

नृत्य प्रतियोगिता अन्तर्गत कक्षा १-५ तर्फ सिद्धार्थ बोर्डिङ स्कूलले प्रथम भएको थियो। दोस्रो स्थान वात्सल्य विद्या निकेतन र तेस्रो स्थानमा लिटिल गार्डेन इङ्ग्लिश बोर्डिङ स्कूलले भएको थियो।

यसैगरी नाटक प्रतियोगिता कक्षा ६-८ सम्म भएको प्रतिस्पर्धामा
शान्ति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो। दोस्रो स्थानमा वात्सल्य विद्या निकेतन र तेस्रो स्थानमा लिटिल गार्डेन इङ्ग्लिश बोर्डिङ स्कूलले भएको हो।
कार्यक्रममा १५ विद्यालयले नाटकमा र २८ विद्यालयले नृत्य तर्फ प्रतिस्पर्धामा सहभागिता रहेको थियो। सहभागिता जनाउने सम्पुर्ण विद्यालय लाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप साथ सहयोगको समेत अपेक्षा राखेको बताए।
शहीदहरूको योगदानलाई सम्झिँदै विद्यार्थी भाइबहिनीहरूलाई शहीद दिवसको महत्त्वबारे जानकारी समेत कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले राख्नु भएको थियो।
कार्यक्रमका सभाध्यक्ष तथा बेलौरी नगरपालिकाका निमित्त शिक्षा शाखा प्रमुख अमित भट्टले आधारभूत तहका विद्यार्थीहरूका लागि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउँदै आगामी दिनमा यस्ता गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास र सिर्जनात्मकतामा अभिवृद्धि गर्ने विश्वास समेत व्यक्त गर्नु भयो। कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिकाका शिक्षा शाखा कर्मचारी अशोक पाण्डेले गर्नुभएको थियो। भने कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ।
