‘युवा रोजगार रुपान्तरण पहल आयोजना’ अन्तर्गत दोधारा चाँदनीमा सिपमुलक तालिम


दोधारा । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सिपमुलक तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्रको सहयोग र सहकार्य र हुनैनाथ टेक्निकल एजुकेसन एण्ड भोकेसनल तालिम केन्द्र प्रालिको प्राविधिक सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार गर्न सिपमुलक तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्र सहायक हेमा पन्तले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने सुचिकृत भएका आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई ५० दिने सिपमुलक तालिम सञ्चालन गरिएको रोजगार सेवा केन्द्र सहायक हेमा पन्तले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा सुचिकृत भएका ४० जना युवाहरुलाई सिपमुलक तालिममा सहभागी गराईएको चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्रका सहायक हेमा पन्तले बताउनुभएको छ् ।

आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममुखी सुधार ल्याउने लक्ष्यले तालिमको आयोजना गरिएको रोजगार सेवा केन्द्रका सहायक हेमा पन्तको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकामा रोजगार सेवा केन्द्रबाट सुचिकृत भएका ब्यक्तीहरुलाई संचालन गरिएको ५० दिने तालिम उत्साहजन रहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बैदेशिक रोजगारको लागी युवाहरु पलायन भएको अवस्थामा यो तालिम अर्थपुर्ण हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बिश्वास ब्यक्त गर्नुभएको छ् । नेपाल सरकारले आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाँउघरमै रोजगारी दिनको लागी सिपमुलक तालिम संचालन गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

तालिममा सहभागी भई सिप सिक्न पाएसंगै तालिमका सहभागीहरुले खुशी ब्यक्त गरेका छन् । तालिमको उद्धघाटन सत्रमा सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, वडाध्यक्ष, तालिममा सहभागी तथा सरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img