सहिद दिवश विभिन्न कार्यक्रमको साथ मनाइने


कञ्चनपुर : कंचनपुरमा सहिद दिवश विभिन्न कार्यक्रमको साथ मनाइने भएको छ । जिल्ला समन्वय समिति कंचनपुरमा आज बसेको जिल्लाका सरोकारवाला सरकारी, गैरसरकारी कार्यालय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले कंचनपुरमा पनि माघ १५ र १६ गते दुइदिन सहिद दिवश मनाउने निर्णय गरेको हो। सहिद दिवशको अवशरमा  माघ १५ गते जिल्ला भरिका सरकारि कार्यालय , शिक्षण संस्था  ,सार्बजनिक  स्थानमा सरसफाइ , सहिद दिवस का बारेमा अन्तरक्रीया र सम्झना स्वरुप कम्तिमा एक बृक्षारोपण गर्ने कार्यक्रम तय भएको जिल्ला समुन्वय प्रमुख दुर्गादत्त बोहराले बताउनु भयो ।

सहिद दिवशको मुख्य दिन  १६ गते भिमदत्तनगरपालिका वडा नं.- ४ स्थित सहिद  दसरथ चन्दको शालिकमा  बिहान १० बजे माल्यार्पन , सामुदायिक  प्रहरि को समन्वय मा रक्तदान ,साझ  ६ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको उहाले जानकारी दिनु भयो । सहिद दिवशको अवसरमा जिल्ला भरीनै विभिन्न कार्यक्रम गर्न जिल्लाका स्थानियतह, सरकारीकार्यालय ,संघसंस्था र शिक्षण संस्थालाइ उहाँले आग्रह गर्नु भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img