युवा उद्यमी देउवाद्वारा भीनपा १३ पिपैयाका विपन्न परिवारलाई न्यानो कपडा


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ८तिलाचौरका स्थानीय एव भारतमा उद्यम गर्दै आएका युवा व्यवसायी दिपक देउवाले भीमदत्त नगरका विपन्न दलित परिवारलाई न्यानो कपडा सहयोग गरेका छन । शुक्रबार भीमदत्त नगरपालिका १३पिपरैया बडैपुरका स्थानीय विपन्न गरिब परिवारलाई न्यानो कपडा वितरण गरेका हुन ।

स्व धन बहादुर देउवा(बैदार)का छोरा दिपक देउवाले भीमदत्त नगरका विपन्न नागरिकलाई सहयोग गर्दै आएका छन । देउवाका छिमेकी एव सहयोगी भीमदत्त नगरका युवा बलराम एसकेले भीनपा १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास), समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर), पूर्णानन्द जोशी सहितका समाजिक अगुवाहरुको उपस्थितिमा विपन्न नागरिकलाई न्याना कपडा कम्बल वितरण गरेको बताए ।

निःशुल्क कपडा पाएपछी विपन्न परिवार हर्षित भएका छन । देउवाले यस अघि भीमदत्त नगरका विभिन्न गाँउबस्तीका विपन्न नागरिकलाई यसरी नै सहयोग गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img