शिक्षा क्षेत्रको योजना निमार्णको लागी सरोकारवालाहरु बिच सुझाव संकलन कार्यशाला


दोधारा । कञ्चनपुको दोधारा चाँदनी नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना निमार्ण कार्यको लागी स्थानिय शिक्षा क्षेत्रको योजना निमार्णको लागी सरोकारवालाहरु बिच १ दिने सुझाव संकलन कार्यशाला सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना र सामुदायिक बिसका केन्द्र डोटीको प्राविधिक सहयोगमा दोधारा चाँदनी नगरपालिकामा एक दिने स्थानिय शिक्षा क्षेत्रको योजना निमार्णको लागी सरोकारवालाहरु बिच सुझाव संकलन कार्यशाला सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका संकलन सकिए लगत्तै १० वर्षे रणनीतिक योजना निमार्ण कार्य अन्तीम चरणमा पुगेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् ।

शैक्षिक विकास नमुना हुनुपर्ने र रणनीतिक योजनाले त्यसको स्पष्ट मार्ग चित्र बनाउनेमा उहाँले जोड दिनुभएको छ् । नगरपालिकाको शिक्षा विकासको तत्कालीन र दीर्घकालीन अवस्था र लक्ष्य के हो भन्ने भिजन योजनामा राखिने र शिक्षा क्षेत्रको सम्रग विकास नभई समृद्ध नगर बन्न सक्दैन भन्ने उद्धेश्यले शिक्षाको १० वर्षे भावी रणनीति निमार्ण गर्न लागेको उहाँले बताउनुभएको छ् । ‘गुणस्तर शिक्षाको लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निमार्णमा स्थानिय सरकारको क्षमता अभिबद्धी कार्यक्रम’ अनुसार शिक्षाको १० वर्षे रणनीतिक योजना निमार्ण कार्यको लागी स्थानिय शिक्षा क्षेत्रको योजना निमार्णको लागी सरोकारवालाहरु बिच १ दिने सुझाव संकलन कार्यशाला संचालन गरिएको सामुदायिक बिकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक हर्क बहादुर ऐरले बताउनुभयो ।

‘गुणस्तर शिक्षाको लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निमार्णमा स्थानिय सरकारको क्षमता अभिबद्धी कार्यक्रम’ शुदुरपश्चिमको ९९ वटै जिल्ला को ३० वटा पालिकामा संचालन भईरहेको कार्यक्रम प्रबन्धक हर्क बहादुर ऐरले बताउनुभयो । स्थानिय सरकारको शिक्षा क्षेत्रमा प्राविधिक र आर्थिक सहयोग गर्दै आएको प्रबन्धक हर्क बहादुर ऐर बताउनुभएको छ् । स्थानिय सरकारले निमार्ण गर्न लागेको १० वर्षे शिक्षा रणनीतिक योजना निमार्णमा सुरुवाती दिन देखि अन्तिम समय सम्म स्थानिय सरकारलाई सघाउदै आएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २२ वटा सामुदायिक बिद्यालय, २० वटा संस्थागत बिद्यालय र बिद्यालयमा र समुदायमा गरि ४६ वटा वालबिकास कक्षाहरु संचालनमा रहेका छन् ।

रणनीतिक योजनामा प्रारम्भिक बाल विकास तथा आधारभूत तहमा विद्यार्थी भर्ना दर सतप्रतिशत पुर्‍याउने, आधारभूत तहमा विद्यार्थी टिकाउ दर सतप्रतिशत पुर्‍याउने, विद्यालय भन्दा बाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने योजनामा लक्ष्य राखिएको छ् । नगरपालिकाले हाल बिनियोजन गर्दै आएको शिक्षा क्षेत्रको बजेट दोव्वर बनाएर शिक्षामा लगानी बढाउने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने योजनामा समेट्ने तयारी रहेको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img