कञ्चनपुर: कञ्चनपुरका विद्यार्थी नेता हेमराज अवस्थी अखिल क्रान्तिकारी केन्द्रीय सदस्यको दौडमा छन । सुदूरपश्चिम विश्वविद्यालय अखिल क्रान्तिकारीका निर्वतमान अध्यक्ष समेत रहेका विद्यार्थी नेता अवस्थी नेकपा माअोवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको दौडमा रहेका हुन । केन्द्रीय सदस्यको उम्मेदवारी दिएसंगै उनी मतदातासंग मत मागिरहेका छन।

१२माघमा हुने अखिल क्रान्तिकारी २३औँ राष्ट्रिय सम्मेलनबाट अवस्थी सुपविबाटै केन्द्रीय सदस्यमा होमिएका छन । झण्डै ७ बर्षदेखि अखिल क्रान्तिकारी विद्यार्थी राजनीतिमा होमिएका अवस्थीले सुप विश्वविद्यालय भित्रका शैक्षिक विकृतीदेखि विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।







