कञ्चनपुर : कञ्चनपुरका युवा पत्रकार लक्ष्मण पन्तलाई पृतिशोक परेको छ । पश्चिम नेपाल दैनिकका सम्पादक पत्रकार पन्तका बाबु हंसराज पन्तको निधनले पन्तलाई पृतिशोक परेको हो । पत्रकार पन्तका बाबुको बुधबार बिहान बेलौरी नगरपालिका १० भुडा निवासमै पत्रकार निधन भएको थियो ।

६८ बर्षको उमेरमा पत्रकार पन्तका बाबुको झिलमिला स्थित चौधर नदीमा अन्त्येष्टी गरिएको छ । समाजसेवी समेत रहेका स्व.हंसराज पन्तका जेठा पत्रकार लक्ष्मण पन्त कान्छा लेखा अधिकृत छोरा चक्र्रराज पन्तले दागबत्ती दिएका थिए । अभिभावक गुमाएपछि पन्त परिवार शोकाकुल भएको छ ।

प्रेस चौतारी जिल्ला अध्यक्ष समेत रहेका पत्रकार पन्त नेपाल पत्रकार महासंघ शाखा साधारण सदस्य हुन । उनलाई पृतिशोक परेसंगै नेपाल पत्रकार महासंघ कञ्चनपुर सहित प्रेस सेन्टर, चौतारी, यूनियन सहितका पत्रकार सघ संगठन एव पत्रकारहरुले दुख व्यक्त गरेका छन ।







