पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका बरिष्ठ पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाले पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सोमबार भीमदत्त नगरपालिकाको ४७ औँ स्थापना दिवसका अवसरमा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको छ ।

भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरिएको हो । तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी पत्रकारिताका गुरुकै रुपमा परिचित छन ।

कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशको पत्रकारिता क्षेत्रमा उल्लेख्यनिय भूमिका निर्वाह गरेका पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको छ । रेडियो महाकाली, दैनिक मानसखण्ड र मानसखण्ड अनलाईनका प्रधान सम्पादक हुन ।

ताजा समाचार