खो खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टिम फाइनल प्रवेश

महेन्द्रनगर: महिला टिमसँगै नेपालको पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमा स्थान बनाएको छ।

शनिबार भारतको इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा इरानलाई ७२–२० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । शुक्रबार भएको क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपाल समूह उपबिजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले चार खेलबाट ६ अंक जोडेको हो । नेपाल भारतसँग पहिलो खेलमा ४१–३७ पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ब्राजिललाई १३४– ८ ले हराउँदै विश्वकपमा स्थान बनाएको हो । दोस्रो खेलमा पेरुलाई ८०–३४ र भुटानलाई ९८–८ ले हराएको थियो ।

आज नै भएको महिलातर्फ जित निकाल्दै नेपालको महिला टिम पनि फाइनलमा स्थान बनाएको छ। नेपालले युगाण्डालाई ८९–१८ ले हराएको हो । महिला टोली प्रतियोगिता अपराजित छ । नेपाल समूह ‘सी’ को बिजेता बनेको थियो ।

महिला टोलीले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हराएको थियो । नेपालका दुबै टोली पहिलो पटक विश्वकप खेल्दैछन् ।

ताजा समाचार