महेन्द्रनगर : कञ्चनपुरकाे महेन्द्रनगरमा स्थानिय सरकारले केहि पहुँचवाला व्यवसायिहरुकाे पक्षमा वकालत गर्दै अन्य व्यवसायीहरुकाे वारेमा चासाे नदेखाएको भन्दै प्रेस विज्ञप्ति मार्फत् विरोध जनाएका छन। बिहिबार खाध्यान्न व्यवस्थापन व्यापार कम्पनी लिमिटेड संघर्ष समिति र बालमन्दिर संघर्ष समितिले सयुक्त विज्ञप्ती जारी गर्दै भीमदत्त नगरपालिकाले केहि पहुँचवाला व्यवसायिहरुकाे बारेमा मात्र पुनः व्यवस्थापनमा चासाे देखाएको भन्दै विराेध जनाएका हुन।

लामाे समय देखि सम्बन्धित निकायले ताेकेको भाडा तिर्दा पनि राज्यको निर्देशन भनी नगर र प्रशासनको आडमा ब्यवसाय गर्दै आइरहेका व्यापारिहरुकाे टहरा भत्काउने काम भएको र उचित स्थानमा पुनः व्यवस्थापन गर्ने समझदारी बिपरित केहि आफन्त निकट व्यवसायीहरुकाे मात्र पक्षमा वकालत गर्दै आफुहरु प्रति कुनैपनि चासाे नदेखाएको भन्दै बिरोध जनाएका छन ।

प्रेस विज्ञप्ति मार्फत् आफन्तवादकाे हिसावले केहि पहुँचवाला व्यवसायिहरुकाे बारेमा मात्र नभई सबै पिडितहरुको मागलाई संबोधन गर्नुपर्ने बताउदै एकलौटी ढंगले काम गर्न खाेजिए विज्ञप्ति मार्फत् स्थानिय सरकारलाई आन्दोलनकाे चेतावनी समेत दिएका छन । नेपाल संघिय सरकार, भीमदत्त नगरपालिका र नेपाल उधोग बाणिज्य संघ कञ्चनपुर संग तत्काल व्यवस्थापनको नाउँमा विस्थापित भएका १६८ व्यवसायीहरुकाे उचित व्यवस्थापन गर्न माग गरेका छन।

