बेदकोटमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिमामा पाँचौ बेदकोट नगरस्तरीय तथा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । बुधबारदेखि बेदकोट नगरपालिकामा पाँचौ बेदकोट नगरस्तरीय तथा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।

पहिलो पटक बेदकोट ६ सिसैयाको भुवनेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा पाँचौँ नगरस्तरीय तथा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भएको आयोजकले जनाएको छ ।
नगरस्तरीय छनौट प्रतियोगिताको बेदकोट नगरका प्रमुख भोजराज बोहराले उद्घाटन गर्दै प्रतियोगिताबाट पढाईका अतिरिक्त राष्ट्रकै लागि खेलाडी उत्पादनमा जोडदिएका छन ।
मेयर बोहराले प्रतियोगिताले नगरको खेलकुद महोत्सव उत्सवकै रुपमा अघि बढेको बताए ।

कार्यक्रममा उपमेयर तुलसी जोशीले प्रतियोगिताबाट भावि दिनमा जिल्ला, प्रदेश, राष्ट्रिय एव अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने जोडदिईन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतियोगिता संयोजन गरेको भुवनेश्वरी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक रण बहादुर दौल्यालले आफ्नो विद्यालयमा नगरभरीकै विद्यालयका विद्यार्थीविचको प्रतिस्पर्धाले थप उत्साह जगाएको बताए । कार्यक्रमको संचालन समेत गरेका भुवनेश्वरी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रविन बोगटीले पहिलो पटक विद्यालयमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छनौट भईरहेको भन्दै विद्यालय परिवार भाग्यमानी भएको ठहर गरेका छन ।

‘हाम्र्रो विद्यालयमा सोचे अनुरुप प्रर्याप्त फिल्ड छैन, तैपनि हामीले भएको फिल्ड व्यवस्थापन गरेर कार्यक्रम गर्न लागेका छौँ, ‘उनले भने, ‘आगामी दिनमा अब राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि छुट्टै फिल्ड बनाउनुपर्छ ।’ अध्यक्ष बोगटीले एकीकृत खेल मैदान निर्माण गरेर अघि बढ्नुपर्नेमा जोडदिदै विद्यालयको अढाई विगाह जमिनमा पनि खेलमैदान निर्माण गरिने बताए । कार्यक्रममा सहभागि विद्यालयलका विद्यार्थीले मार्चपास गरेका थिए, भने ओलम्पिन डम्बर दत्त भट्टले आफ्नो प्रस्तुती राखेका थिए । १२ सामुदायिक र ८ निजी विद्यालयका विद्यार्थीविच विभिन्न खेलकुद विद्यामा प्रतिस्पर्धा हुनेछ । तीनदिनसम्म संचालन हुने नगर स्तरिय खेलकुद प्रतियोगिताका बिजेता विद्यालयका खेलाडीलाई पुरस्कार वितरण गरिनेछ । नगरभरीकै विद्यालय एकसाथ सिसैयाको भुवनेश्वरी माविमा प्रतिस्पर्धा गर्न थालेपछि सिसैया क्षेत्र खेलकुदमय बनेको छ ।

ताजा समाचार