दोधारा चाँदनीमा संस्थागत बिद्यालयहरुको आठौं ‘खेलकुद महोत्सव’

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा संस्थागत बिद्यालयको ‘खेलकुद महोत्सव––२०८१’ सुरु भएको छ् । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीको आयोजनामा ‘एकताको शक्तिमा एकताबद्ध होऔं’ नारा सहित आठौं ‘खेलकुद महोत्सव–२८१’ सुरु गरिएको । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीका अध्यक्ष गगन खड्काले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका १३ वटा संस्थागत बिद्यालयहरुको महोत्सवमा सहभागिता रहेको अध्यक्ष गगन खड्काले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा स.सथागत बिद्यालयहरुको संगठन ‘निजी बिद्यालय क्षेत्रिय कमिटि’ ले संगठित भएर बिभिन्न सामाजिक कृयाकलाप गर्दै आएको निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीका अध्यक्ष गगन खड्काले बताउनुभएको छ् ।

आउदा वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेमा निजी बिद्यालय क्षेत्रिय कमिटि कटिबद्ध रहेको उहाँले बताउनुभयो । बिद्यालय स्तरीय प्रतियोगितानै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागी सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताउनुभयो । आगामी दिनहरुका यस्तै खालका प्रतियोगिताहरु मार्फत नगरपालिकामा खेलाडी उत्पादन गरि कुलतमा लागेका यूवाहरुलाई खेल क्षेत्रमा समाबेश गरि उनिहरुको जिबन परिबर्तनमा समेत टेवा पुर्‍याउने खालका क्रियाकलाप खेलकुद क्षेत्रबाट गर्ने प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले जोड दिनुभएको छ् । उद्घघाटन समारोहलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताउनु भएको छ् ।

शारीरिक रुपमा स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो खेलकुद भएकोले सिङ्गो राष्ट्रको गौरवलाई अन्तराष्ट्रिय जगतमा पहिचानका रुपमा स्थापित गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । खेलकुद आमनागरिकको पहुँचमा हुन आवश्यक भएको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले स्थानीय स्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्ने दायित्व र जिम्मेवारीका साथ आफू लागि परेको बताउनुभयो । खेलकुदलाई प्रोत्साहन गरी विद्यार्थीहरुको मनोबललाई उच्च राख्दै खेलकुदको विकास गर्नका लागि राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाले वर्षेनी बजेट बिनियोजन गर्दै आएको उहाँले बताउनुभएको छ् ।

शिक्षा संगै खेलकुदको बिकासमा संस्थागत बिद्यालयहरुको अहम भुमिका रहदै आएको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् । सोमवारबाट सुरु भएको खेलकुद महोत्सव तथा प्रतियोगिता विहिवार सम्म चल्ने आयोजक संस्थाले जनाएको छ् ।

ताजा समाचार