हाम्रो भोजनालयले ल्यायो माघी सङ्क्रान्ति विशेष अफर

कञ्चनपुर : भीनपा–४ स्थित हाम्रो भोजनालयले माघी संक्रान्तिको उपलक्ष्यमा विशेष अफर ल्याएको छ । माघ १ गते देखि भोजनालयले खाना खाने प्रत्येक ग्राहकलाई खानाखाई सकेर पैसा तिरे पछि एउटा कुपन निकाल्न दिने छ । जसमा शाकाहारी रु ४० देखि १००० सम्म र मासु सहित खानामा ८० देखि १००० सम्मका लेखिएका कुपन रहने छ । लक्की ड्रबाट उक्त कुपन निकाले पछि जति लेखिएको आउँछ ग्राहकलाई त्यति नै रुपैयाँ फिर्ता गरिने सञ्चालक चक्रप्रसाद मिश्रले बताए । ‘उक्त कुपनमा ० पनि लेखिएका कुपन रेहका छन् जुन कुपन ग्राहकको हातमा परे पछि खानाको कुनै शुल्क लिइने छैन’ ।

विभिन्न समयमा यस प्रकारको कार्यक्रमको आयोजना गर्दै आइरहेको हाम्रो भोजनालयले यस अघि पनि स्कुटर, ल्याबटप, मोबाइल र सुनको सिक्का लक्किड्र मार्फत वितरण गरि सकेको छ । यस पटक भने माघी संक्रान्तिको उपलक्ष्यमा माघी सङ्क्रान्ति विशेष अफर ल्याएको हो । ग्राहकहरूले माघ १ गते देखि ७ गते सम्म अफरको लाभ लिन सक्ने छन् भने ग्राहकहरूको मागलाई ध्यानमा राखेर अफरको समय बढाउन पनि सकिने सञ्चालक मिश्रले बताए ।

आफ्नो संस्कृति धर्मको जर्गेना गर्न र चाडपर्वको बेला आफ्ना ग्राहकहरूलाई सुपथ मूल्यमा खाना खुवाउन पनि यस प्रकारको योजना ल्याएको मिश्र बताउँछन् उनले भने, स्कुटर, मोबाइल जस्ता लक्की ड्र आयोजना गर्दा कुनै एकले हात पार्न सफल हुन्थ्यो भने यसमा प्रत्येक ग्राहकलाई प्रत्यक्ष फाइदा हुनेछ । कञ्चनपुरमा सबै भन्दा सस्तो खाना खुवाउने भनेर प्रख्यात रहेका् हाम्रो भोजनालयले सादा खाना रु.१०० र मासु भात रु.२३०मा दिदै आएको छ । 

ताजा समाचार