कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा संचालन भएको माघ मेला सम्पन्न भएको छ । पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति सरक्षणका लागि संचालन भएको माघ मेला आइतबार सम्पन्न भएको हो । आधुनिकतासंगै लोभ भईरहेको संस्कृति सरक्षण प्रर्बद्धन, जोर्गेना गर्नका लागि मञ्च मार्फत नयाँ पुस्तालाई जानकारी गराउनका लागि बेलौरी नगर भलमन्सा समितिको आयोजनामा शुक्रबारदेखि माघ मेला संचालन गरिएको थियो । मेलाको पुर्व खानेपानीमन्त्री एव नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले उद्घाटन गर्नै थारु समुदाय सुप प्रदेशका संस्कृतिका गहना भएको बताउँदै, थारु समुदायको संस्कृति नेपालकै पहिचान भएकाले सरक्षणमा जोडदिकी थिईन ।

संस्कृति पुस्तान्तरण गर्नका लागि नगर भलमन्सा समितिले बेलौरी नगरपालिकाको प्रर्बद्धनमा खुला मञ्चमा माघ मेला संचालन गरेको थियो । तराई सहित देशका २२ जिल्लाहरुमा बसोबास गर्दै थारु समुदायको लोक संस्कृति, परम्परा लोप भईरहेको अवस्थामा संस्कृति संरक्षणका लागि तीन दिने मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । बेलौरी नगर भलामन्सा समितिका सचिव एव मेला आयोजक समितिका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वा(चौधरी)ले आउँदै लागेको माघ महिना १ गतेदेखि थारु समुदायको माघी कार्यक्रम पुर्व माघ मेला शुरु गरेको मेला समापन गरिएको बताए । ०७८ सालमा बेलौरी नगरपालिकाले भलमन्सा ऐन पारित गरेको उत्सवमा थारु समुदायको लोक संस्कृति, परम्परा संरक्षण प्रर्बद्धन एवम् पहिचानका लागि मेला संचालन गर्न लागेको बताए । उनका अनुसार ३० स्टल रहने मेलामा थारु समुदायकै लोक परम्परागत खाने परिकार, कला, धर्म, संस्कृति, साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन । थारु समुदायको लोक परम्परागत खाने परिवारदेखिका साँस्कृतिक कार्यक्रमले पनि नयाँ पुस्तामा संचारिकरण हुनेछ ।

उद्घाटनकै दिन बेलौरी नगरका प्रद्याध्यापक, डाक्टर, ०७४देखि ०७९सम्म निर्वाचित आदिवासी जनजाती थारु समुदायका जनप्रतिनिधीलाई सम्मान, रक्तदान, नगरका सबै राष्ट्रिय खेलाडीलाई सम्मान सहितका विवित समाजिक कार्यक्रम समेत गरिनेछ । साँस्कृतिक कार्यक्रममा विभिन्न गाँउबस्तीका थारु समुदायको लोक संस्कृतिक झल्किने नृत्य, स्थानीय एव राष्ट्रिय कलाकारबाट थारु समुदायको संस्कृतिक प्रर्बद्धनका क्षेत्रमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । ‘दशक अघिदेखि हामीले बेलौरी खुला मञ्चमा घरमा सिमित रहेको हाम्रो कला संस्कृति मञ्चमा ल्याएर प्रस्तुत गर्न लागेका छौँ, ‘उनले भने, ‘अहिलेसम्म भएका साँकृतिक कार्यक्रमले समेत पुस्ता हस्तान्तरण गरेको पाईन्छ ।’ उनका अनुसार ०६८ सालमा थारु ओरल्ड अराउण्ड, ०७१ सालमा मोहराईन, ०७३ देखि थारु कल्याण कारिणी सभा र अहिले भलमन्सा ऐन पारित भएर कार्यान्वयनको अवस्थामा भलमन्सा समितिले नै मेला आयोजना गर्न लागेको छ ।

म बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष एव मेला मुल आयोजक समितिका संयोजक अमर सिह रानाले पछिल्ला बर्षहरुमा आधुनिकतासंगै थारु समुदायको लोक परम्परा, कला संस्कृति, प्रर्बद्धनका लागि मेला आयोजना गरिएको बताए । ‘बेलौरी नगरपालिका स्थानीय सरकारले समेत हामी थारु समुदायको भलमन्सालाई ऐन नै पारित गरेर कार्यान्वयन गरेको छ, ‘उनले भने, ‘यो निकै स्वागत योग्य कदन पनि हो, यसमा हामीले गर्ब गरेका छौँ ।’ उनले देशका विभिन्न थारु बाहुल्य जिल्ला एव पालिका सरकारले ऐन नै नबनाएको बनाएको ऐन पनि कार्यान्वयन नगरेको अवस्थामा बेलौरी स्थानीय सरकारले आफुहरुलाई दिएको राजनैतिक हक अधिकारको सदुपयोग गर्दै समाजिक एकताका लागि समेत मेला मियो बन्ने बताए । उनले ०७८ सालमा स्थानीय सरकारले भलमन्सा ऐन ल्याएसंगै गाँउ गाँउमा रहेका थारु समुदाय उत्साहित भएको बताए ।
मेला मुल आयोजक समितिका सचिवालय संयोजक लाल बहादुर चौधरीले पछिल्ला बर्षहरुमा विदेशी संस्कृतिले नेपाली समाजमा जरा गाडिरहेको थारु समुदायको माघ मेलाले चिर्ने बताए । उनले सामुहिक रुपमा विभिन्न गाँउबस्तीबाट आउने साँस्कृतिक झाँगी कार्यक्रमले समेत विदेशी संस्कृति चिर्ने बताए । माघ मेलामा हराजौँ नयाँ पुस्ताले अवलोकन गर्ने मेला थारु समुदायको लोक संस्कृति संरक्षणमा कार्यक्रमले प्रर्बद्धन गर्ने आयोजकको अपेक्षा छ । तीनदिनसम्म संचालन भएको माघ मेलाको समापन गर्दै बेलौरी नगरका मेयर पोतिलाल चौधरीले थारु समुदायको माघि पर्व सरक्षणका लागि स्थानीय सरकारले ऐन नै पारित गरेको बताएका थिए । निशुल्क मेलामा हजारौँ दर्शकले अवलोकन गरेका छन ।
