कञ्चनपुर : आज(सोमबार)देखि कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा त्रिवेणी धाम गौसेवा माघी महोत्सव ०८१शुरु भएको छ । बैजनाथ त्रिवेणी धाम र लोक कल्याणकारी गौःसेवा प्रतिष्ठानको संयुक्त आयोजनामा त्रिवेणी धाम गौसेवा माघी महोत्सव ०८१शुरु भएको हो ।

बैजनाथ त्रिवेणी धामका अध्यक्ष महेश बहादुर सिह(मिलन)ले आजदेखि महोत्सव शुरु हुन लागेको बताए । उनका अनुसार त्रिवेणी धामको बृद्धि विकासदेखि पञ्चगव्य प्रशोधन केन्द्र स्थापनाका लागि मकर संक्रान्ति महापर्वको अवसरमा महोत्सव संचालन गर्न लागेको बताए ।

‘आज हामी उद्घाटनका दिन कलस शोभा यात्रा सहित उद्घाटन गरिनेछ, ‘उनले भने, ‘यस विचमा विवित कार्यक्रम गरेर मनाउँछौँ ।’ अन्र्तराष्ट्रिय वैदिक संस्कृति प्रचारक हरिशरण महाराज सहितका धार्मिक अगुवा समाजिक अभियन्ताहरुको उपस्थिति कार्यक्रम हुनेछ । ७ माघसम्म महोत्सव संचालन हुनेछ ।

