उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीको नयाँ कार्य समिति चयन

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाादनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति चयन भएको छ् । आज सम्पन्न भएको सञ्जालको नगर भेलाले दुर्गा कुमारी बडुवालको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको सह–संयोजकमा कबिर साँउद र नितु जोशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्तोष भट्ट, दशरथ भट्ट, विष्णा सुनार, हिरा भट्ट, रत्ना ठकुरी, काँजल जोशी र प्रेम रोकाया सर्व सम्मतरुपमा चयन भएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उत्थानशील युवा सञ्जालले स्थानीय सरकारलाई सहयोग पुग्ने गरि आपत–विपद् साथै विकृति र विसंगतीको लागि रचनात्मक क्रियाकलापहरु गर्दै आएको बताउनुभयो ।

उहाँले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै नयाँ किसिमले रचनात्मक काम गरेर दोधारा चाँदनी नगरपालिकामा नयाँ सन्देश दिन सञ्जाल सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले दोधारा चाँदनी नगरपालिकाको समन्वयमा डीसीए नेपाल र एनएनएसडब्ल्यूएले उत्थानशील युवा सञ्जाल गठन गरेको बताउनुभयो । उहाँले अहिले नगरपालिकाको सहकार्यमा सञ्जालको नयाँ कार्य समिति चयन गरिएको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाको मातहतमा रहेर सञ्जालले स्वतन्त्र रुपमा जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन र अन्य क्षेत्रमा समेत प्रभावकारी रुपमा रचनात्मक क्रियाकलाप गर्ने तर्क गर्नुभयो । उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीका नवनिर्वाचित संयोजक दुर्गा कुमारी बडुवालले सञ्जालले दोधारा चाँदनी नगरपालिकाको विपद् व्यवस्थापन र नगरपालिकाको समग्र हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाको प्रभावकारी परिचालन साथै एनएनएसडब्ल्यूए र निड्स नेपालको निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गर्दै सञ्जालले सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । युवाहरुलाई सामाजिक कार्यप्रति उत्तरदायी तथा जिम्मेबार बनाउन साथै विपद्को समयमा स्व–स्फुर्त रुपमा सहयोग पुर्याजउने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोगमा नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल गठन गरिएका छन्।

उत्थानशील युवा सञ्जालले जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन र अन्य समाजिक कार्यमा रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ् ।

ताजा समाचार