दक्षिण कोरिया कर्मथलो बनाएका पत्रकार कलौनीले छोरीको जन्मदिन अनाथ बालबालिकासंगै मनाए


बेदकोट : दक्षिण कोरिया कर्मथलो बनाएका पत्रकार बिरेन्द्र कलौनीले छोरीको जन्मदिन अनाथ बालबालिकासंगै मनाएका छन । बेदकोट नगरपालिका ९ लालपुरका स्थानीय एव सुदूरपश्चिम खबर डटकमका सम्पादक कलौनीले छोरी आरवी कलौनीको जन्मदिन अनाथ बालबालिकासंगै मनाएका हुन ।

कलौनी परिवारले आइतबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर समाजकल्याण बाल अनाथालयमा छोरी आरवीको जन्मदिन मनाएका छन । आरबीका ठुल बाबु प्रकास कलौनीले समाजिक कार्य गर्ने उदेश्यका साथ केक काटेर दिवस मनाउनुका साथै एक छाक भोजन खुवाएको बताए ।

‘हाम्र्रो परिवारले समाजिक काम गर्ने उदेश्यका साथ अनाथालयमै जन्मदिन मनाएका छौँ, ‘उनले भने, ‘अनाथ बालबालिकासंगै हामीले दिवस मनाएका छौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img