महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न कार्यक्रमका बिच पृथ्वी जयन्ती मनाएका छन । शनिबार भीमदत्त नगरपालिका–०४ महेन्द्र राजाको शालिक हटाएको स्मारक अगाडी पृथ्वी नारायण शाहको ३०३ औं जन्मजयन्ती तथा एकता दिवस शाहको फोटोमा माल्यार्पण गरी मनाएको हो । आयोजित कार्यक्रममा जेष्ठ नागरिक गोबर्धन खड्का बरिष्ठ जिल्ला सदस्यको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको प्रमुख आथित्यमा बरिष्ठ अतिथि केन्द्रिय सदस्य तथा सह प्रवक्ता पूर्ण बहादुर चन्द, बरिष्ठ अधिवक्ता तथा केन्द्रिय सदस्य हिक्मत बहादुर भण्डारी, केन्द्रिय सदस्य नन्दा देवी जोशी, महिला संगठनकी केन्द्रिय सदस्य लक्ष्मी चन्द सिह लगायत पार्टीका अन्य सदस्य तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

उक्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले आफ्ना पुर्खा पिता बिर्सेर बिदेशी पुज्नेहरुलाई के भन्ने तर आफ्नो राष्ट्रको माया गर्ने यहि भुमिलाई पुज्ने व्यक्तिहरुले अव राष्ट्र र राष्ट्रियता जोगाउन एक भएर लाग्नु पर्ने कुरामा जोड् दिएका हुन । पृथ्वी नारायण शाहको जन्मजयन्ति ३०३ औं यस दिवसलाई कसैको लागि सामान्य लागेपनि राष्ट्र एकिकरणका पिताको इतिहास भुल्नु हुदैन भन्ने आफ्नो धारणा रहेको बताएका छन । यस्तै बाईसेचौबिसे राज्य एकिकरण गर्ने पृथ्वी नारायण शाहको योगदानले बिश्वमा कहिले कुनै शक्तिको सामु नझुकेको देश भनि पहिचान गराएको राष्ट्रलाई जातजाती धर्म संस्कृतिको नाममा भाड्ने काम भईरहेको छ भनि केन्द्रिय सदस्य तथा सह प्रवक्ता पुर्ण बहादुर चन्दले दुख लागेको बताए । बरिष्ठ अधिबक्ता तथा केन्द्रिय सदस्य हिक्मत सिह भण्डारीले पनि कानूनी राज्य र हिन्दु राष्ट्रको नाममा वकालत गर्दै जादा पनि मतदान गर्दा धर्मनिपेक्षमा लागेका पार्टीहरुमा गर्ने दोहोरो चरित्र देखाउने प्रवृति रहेको कारणले पनि राष्ट्र संकटको दिशातिर गईरहेको बताएका छन । यसैगरी महिला केन्द्रिय सदस्य लक्ष्मी चन्द सिंहले राजा पृथ्वी नारायण शाहको इतिहासलाई भुल्नु नहुने भन्दै अहिले हामीले भुपडीबाट महलमा जादै गर्दा आफ्नो पुर्खाहरुलाई नै बिर्सेको कुरामा जोड दिदै आफ्नो धर्म, सस्कृति सगै राजसंस्थाको रक्षार्थ सबैले एक जुट भएर लाग्नु पर्ने बताएका छन ।

आज भन्दा लगभग ३०३ बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ । यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । जन्मजयन्ति तथा एकता दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्ने सहभागि वक्ताहरुले अव एक भएर राष्ट्र र राष्ट्रिताको लागी लाग्नु पर्ने कुरामा जोडदिदै अघि बढ्ने बताएका छन ।

