झलारी ः शुक्लाफाँटा नगरपालिका ११ स्थीत अमरपुर कलुवापुर खानेपानी तथा सरसफाई समितिको दोश्रो साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष विनोद बहादुर दमाईको सभापतित्वमा सम्पन्न भएको सभाको प्रमुख अतिथिमा वडा अध्यक्ष शेर बहादुर साउद रहनु भएको थियो । सभामा बोल्दै साउदले खानेपानी सबै वडा बासिको पहुँचमा पुरयाईनु पर्ने बताउनु भयो ।
वडाका तर्फबाट खानेपानी समितिलाई आवश्यक सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो । सभाका बिशिष्ट अतिथि डिभिजन खानेपानी कार्यालयका लागि प्रतिनिधि महानन्द पाण्डे, वडा सदस्य राजेश शाही, शान्तिदेवी ऐर, सुर्जा विक, जयसिंह राना, कमला विक लगायतको सहभागीता रहेको थियो । यसैगरी सभामा अतिथिका रुपमा कृष्ण सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐर, सरस्वती मावि अमरपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर बुढाऐर,दिपज्योती ग्रामीण विद्युतीकरणका अध्यक्ष महेश बिष्ट, दीपनगर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रयागराज अबस्थी, अस्थी प्रहरी विटका प्रमुख मोहनदेव भट्ट, समाजसेवी कलावती बोहरा लगायतको सहभागीता रहेको थियो ।
सभामा वार्षिक आय व्ययको प्रतिवेदन तथा स्वागत मन्तव्य टेक बहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । प्रगति प्रतिवेदन समितिका अध्यक्ष विनोद बहादुर दमाईले प्रस्तुत गर्नु भएको थियो । सभामा मन्तव्य राख्ने उपभोक्ताहरुले धारा जडान गर्दा लाग्ने शुःल्क धेरै भएकाले घटाएर न्यून आयभएका उपभोक्ताले पनि उपभोग गर्न पाउने गरी राख्नु पर्नेमा जोड दिएका थिए । समितिको साधारण सभा नियम अनुसार प्रत्येक वर्ष गर्न पनि उपभोक्ताले समितिलाई सुझाव दिएका थिए । साधारण सभाबाट पुरानै समितिलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णयगरिएको छ ।