माघ १ गते हरिहर घाट र रामानुज घाटमा स्नान मेला लाग्ने

कञ्चनपुर : कञ्चनपुरको महाकाली तटिय क्षेत्रमा स्नान मेला लाग्ने भएको छ । आँउदो १ माघमा मकर संक्र्रान्तीको अवसरमा स्नान मेला लाग्ने भएको हो । भीमदत्त नगरपालिका १२ ऐरी स्थित हरहर घाट र १३पिपरैया स्थित रामानुज घाटमा स्नान मेला लाग्ने आयोजकले जनाएको छ ।

बैजनाथ सिद्धनाथ मन्दिर समितिले हरीहर घाट र भीनपा १३ले पिपरैया स्थित रमानुज घाटमा स्नान मेला लाग्ने भएको हो । बैजनाथ सिद्धनाथ मन्दिर समितिका अध्यक्ष देवी भारतीले विगत चार बर्षदेखि नियमित माघ १ गते मकर संक्र्रान्तीको अवसरमा लाग्दै आएको मेला अहिले पनि लगाउन लागेको बताए । उनका अनुसार महाकाली पवित्र तिर्थ स्थलमा स्नान मेला सचालन गर्न लागेको बताए । ‘हाम्रंो ऐतिहासिक मन्दिर हो, यसको सरक्षण, प्रर्बद्धनदेखि धर्म सस्कृति सस्कारका लागि यस बर्षपनि हामीले मेला संचालन गर्न लागेका छौँ, उनले भने, ‘यस बर्षपनि हामीले स्थान कक्ष बनाएर तयारी गरिरहेका छौँ ।’स्नान मेला संचालनका लागि महाकाली पुल निर्माण कम्पनी कुमारले समेत सहयोग गरेको उनले बताए । गत विगतका पनि हजारौँ दर्शनार्थीले स्नान गरेर गएको बताउँदै उनले यस बर्षपनि गर्ने अपेक्षा राखेका छन ।

भीनपा १२ का वडा सदस्य एव समाजसेवी नर बहादुर साउदले धार्मिक मेलाबाट यस क्षेत्रको धार्मिक पर्यटकीय बृद्धि विकासका कार्यक्रम संचालन गर्दै आएको बताए । भीमदत्त नगरपालिका १२ वडाध्यक्ष भुपेन्द्र रावलले हरिहर घाटको बृद्धि विकासका लागि वडाबाट पुरै सहयोग हुने बताए । वडाध्यक्ष रावलले धार्मिक पर्यटन प्रर्बद्धनका लागि वडा कार्यालयबाट आवश्यक सबै सहयोग गरिरहेको बताए । भीनपा १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले श्री १००८ स्वामी महाराज सहितको उपस्थितिमा स्नान हुने बताए । पछिल्ला बर्षहरुमा महाकाली तटिय क्षेत्रमा रहेका घाटमा स्नान मेला लाग्ने भएपछि तिर्थाटनको विकास हुने अपेक्षा गरिएको छ । समितिले आफ्नै महाकाली पवित्र नदीमा स्नान गर्र्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार