महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सञ्चालित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको समापन एक कार्यक्रम बिच भएको छ।
भीमदत्त नगरपालिका स्तरीय १५ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन भब्यताका साथ भएको थियो। भने प्रतियोगिताको समापन कार्यक्रम पनि भब्य रुपमा एक कार्यक्रमका साथ सम्पन्न भएको हो।
प्रतियोगितामा भीमदत्त नगरपालिका युवा तथा खेलकुद शाख नगर खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा आयोजका अनुसार बैजनाथ माध्यमिक विद्यालय १९ स्वर्ण पदकका साथ प्रथम स्थान हासिल गरेको हो। बैजनाथ माध्यमिक विद्यालयका ७ स्वर्ण पदक प्रतियोगिता समावेश अन्य खेलमा र उसु खेलमा एक लोटि १२ स्वर्ण पदक गरि १९ स्वर्ण पदक ल्याएको थियो। तर प्रतियोगितामा उसु खेलका लागि भने प्रतिस्पर्धामा बैजनाथ माध्यमिक विद्यालयका खेलाडी बाहेक अन्य विद्यालको भने सहभागिता नरहेको आयोजकले बताएको छ। आयोजकका अनुसार उसुमा १२ र अन्य सहभागी खेलमा ७ गरि १९ स्वर्ण पदक हात परेको हो। नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८१ को उपाधि बैजनाथ माध्यमिक विद्यालयले जितेको छ ।
महेन्द्रनगरस्थित कबड हलमा सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै भीनपा–४ स्थित बैजनाथ माविले नगस्तरीय १५ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो । तेस्रो स्थान हासिल गरेको सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीले १२ स्वर्ण, ३ रजत र ९ कास्यपदक हात पारेको थियो। पूर्णा माध्यमिक विद्यालय ऎरिले १० स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतितियोगितामा छात्र–छात्रा दुवै तर्फ भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्र्तगत लामो तथा छोटो दुरीका दौड लगायत विभिन्न विधाका खेल समावेश गरिएको थियो। प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुनेछन् ।