धन सिंह धामी/ महेन्द्रनगर: राष्ट्रिय प्रजातन्त्र पार्टीले गाँउ,वडा कमिटि अधिबेशन वृहत् रुपमा अघि बढाएको छ । सोमबार शुक्लाफाँटा नगरपालिका –०५ भोजराज भट्टको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष पार्वती चन्दको साथमा २१ जनाको कमिटी गठन गरीएको हो । राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप २०८१ मंसिर मसान्तसम्म पुनर्गठन गरी सक्नु पर्ने कार्यक्रम अनुसार वडा गठनलाई निरन्तरता दिईएको क्षेत्र नं.०२ का क्षेत्रिय अध्यक्ष बम बहादुर बमले जानकारी दिएका छन ।
आयोजित कार्यक्रम भट्टको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने बरिष्ठ अतिथिमा केन्द्रिय बरिष्ठ सल्लाहकार दशरथ जोशी , महिला केन्द्रिय सदस्य लक्ष्मी चन्द सिह र सुदूरपश्चिम प्रदेश सदस्य हिक्मत भण्डारी तथा जिल्ला सदस्य, क्षेत्र,नगर, वडा, लगायतका अध्यक्ष, सदस्य, शुभेच्छुकहरुको सहभागिता रहेकोथियो ।
शुक्लाफाँटा नगरपालिका वडा न १२ मा पहिलो अधिवेशनबाट मोहन देव जोशीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन , साथै रम्भा भाट ज्यूको अध्यक्ष्यतामा १३ जना सदस्यीय महिला वडा कमिटी गठन भएको थियो । यसैगरी वडा नं ०३ मा दिपेन्द्र देउवाको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको र वडा नं.०२ मा बाशुदेव भट्टको अध्यक्षतामा २१ जनाको कार्यसमिति गठन गरिएको थियोे ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले हिन्दु राष्ट्र र राजसंस्थाको रक्षार्थ सबैले एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए भने क्षेत्र नं.०२ का क्षेत्रिय अध्यक्ष बमले कमिटी अधिवेशनलाई निरन्तरता दिने बताएका
छन ।