कञ्चनपुर: जिल्लाको महेन्द्रनगरमा भोलि बझाङ लोक संस्कृति संरक्षण मञ्चले वृहत भुवा भस्सो कार्यक्रमको भव्यरुपमा प्रदर्शन कार्यक्रमको आयोजना हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्द्सी भोलि सनिवारका दिन विशेष भुवा भस्सो प्रदर्शन कार्यक्रमको आयोजना गरि कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिने कार्यतालिका रहेको कार्यक्रम संयोजक धर्मराज कठायतले बताउनु भयो।

लोक संस्कृतिको जोगाउने र भुवा भस्सो लाई लोक सांस्कृतिक लाई योद्धकलामा आधारित रहेर मनाउने भुवा भस्सो कार्यक्रम
भोलि पुष २० गते बिहान ११ बजे भीमदत्त नगरपालिकाको स्मारकमा वृहत भुवा भस्सो कार्यक्रमका साथै डेउडा चाँचरी ढुस्को धुमारी लगायतका कार्यक्रमको तयारी रहेको उक्त कार्यक्रमको आयोजना बझाङ लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुरले गर्न लागेको बताए।

पहिलो चोटि सुदूरपश्चिम विश्वविद्यालयले कला र संस्कृति संरक्षणका लागि भाषा साहित्य तथा संस्कृतिक अध्ययन केन्द्र सह-आयोजक रहने गरि कार्यक्रममा संलग्नता रहेको उक्त केन्द्रका निर्देशक प्रा.डा हरिश चन्द्र भट्टले बताउनु भयो। जसमा सुदूरपश्चिम विश्वविद्यालयले सामाजिक क्षेत्रमा कला सांस्कृतिक संरक्षणमा भाषालाई पनि जोगाउने उद्देश्यले सहकार्य गरेको बताए। यो योद्ध कला संग जोडिएको र शारीरिक तन्दुरुस्त हुन पनि विभिन्न चालिले पनि मानसिक र सामाजिक रुपमा जोड दिने बताए। पाण्डब र कौरभको लडाई लाई विशेष रुपमा जोड्ने र असत्य माथी सत्यताको जितलाई झल्काउने गर्दछ। निर्देशक प्रा. डा भट्टले बताउनु भयो।
अध्यक्ष रतनपती जोशीले कार्यक्रम लाई भब्यताका साथ सफल पार्नको लागि समेत अनुरोध गर्नु भयो। जुन भुवा भस्सो सुदूरपश्चिममा खेलिने हुँदा यो भुमिका लागि लडाई हुने गरेको र यसलाई मुख्य रुपमा सुदूरपश्चिमका बझाङ बाजुरा अछाम र डोटी लगायतका पहाडी जिल्लामा खेलिने र यसलाई तराई क्षेत्रमा पनि लोक सांस्कृतिक जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
