दोधारा । दलित नगर समन्वय समिति दोधारा चाँदनीद्धारा आर्थिक अवस्था दैनिय भएर समस्यामा रहेका बिरामीहरुलाई उपचार रकम सहयोग गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको दलित नगर समन्वय समितिले आर्थिक अवस्था कमजोर भएर बिरामीहरुलाई समस्यामा परेका ८ जनालाई उपचार रकम सहयोग गरेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् ।
८ जना बिरामीहरुको बैंक खातामा प्रति बिरामी रु. १० हजारको दरले रकम पठाईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । नगर क्षेत्रमा दलितहरुको आर्थिक अवस्थालाई मध्यनजर राख्दै छनौट गरि मुटुमा समस्या भएका, क्यान्सर पिडित लगाएत दिर्घरोगीहरुलाई छनौट गरि दलित नगर समन्वय समितिको आर्थिक अवस्थाले भ्याए सम्म सहयोग गरिएको वडाध्यक्ष सुनारले बताउनुभयो ।
बिगतका दिनहरुमा पनि नगर दलित समन्वय समितिले दलितहरुको आर्थिक अवस्थालाई माथी उकास्न बिभिन्न सहयोग र कार्यक्रम संचालन गर्दै आएको दलित नगर समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् ।