कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित मदन चोकमा २२सटर निर्माण बिरुद्धमा राजनैतिक दल, युवा विद्यार्थी एकमत देखिएका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित मदन चोकमा २२सटर निर्माण बिरुद्धमा राजनैतिक दल, युवा विद्यार्थी एकमत देखिएका हुन । भीमदत्त नगरपालिकामा संचालित क्षेत्रीय शहरी विकास परियोजना(आयूडिपी) अन्र्तरगत सडक र ढल निर्माण कार्य अघि बढेको थियो । तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको जमिन मातहत रहेको स्थानमा २२सटर निर्माण गरिएका थिए ।
सडक निर्माणका क्रममा गत बर्ष हटाएका २२सटर स्थलमा फुटपात मिचेर मदन चोकमा २२ सटर नबनाउन ५ दल, ८ युवा, विद्यार्थी एकमत भएका हुन । भीमदत्त नगरका पाँच राजनीतिक दल र ८ विद्यार्थी संगठन एकमत भएका हुन । सडक निर्माण कम्पनी जेडआईसिलामा जेभीले काम शुरु गरेपछि भीमदत्त नगरपालिकाले रोकेको थियो । माओवादी केन्द्र भीमदत्त नगरका उपाध्यक्ष रघुबिर धामी(तुफान), राप्रपा अध्यक्ष करन सिह पाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष मदन सेराला, रास्वपा नगर सभापति अम्बादत्त जोशी र नेकपा बहुमतका इन्चार्ज रितिक, वाईसिय कञ्चनपुर इन्चार्ज भुवन कुँवर, रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशी, युवा संघ नेपालका सचिव सरोज विष्ट, क्रान्तिकारी यवाका संयोजक भुवन भट्ट, अखिल क्रान्तिकारीका अध्यक्ष दल बहादुर धामी(अबिरल), राप्रपा निकट विद्यार्थी संगठनका अध्यक्ष प्रेम रावल, अनेरास्ववियूका संयोजक प्रज्वल कुँवर, अखिल क्रान्तिकारीका सचिव सुरेश भट्ट र हालै सम्पन्न भएको भीनपा ६ वडाध्यक्षका उम्मेदवार थानेश्वर प्रशाद भट्टले संयुक्त प्रेस नोट जारी गर्दै विकास बिरोधी काम नगर्न आग्रह गरेका हुन ।
युवा विद्यार्थीले पालिकामा समेत गएर यथाशिघ्र काम शुरु गर्न दवाव दिएका छन । यस अघि सडक निर्माण गरेर फुटपात निर्माण कार्य गर्न नसकेको एडिबीले उक्त स्थानमा फुटपात निर्माण शुरु गरेपछि भीमदत्त नगरपालिकाले मंगलबार निर्माण कम्पनीलाई पत्राचार गरेपछि युवा विद्यार्थी आक्र्रोसित भएका छन । युवा विद्यार्थीले ठुला बडाका घर सडकमा पर्दा समेत बचाउने कार्यबाट पालिका विकास बिरोधीकै रुपमा देखिएको दावि गरेका छन । उक्त आन्दोलनमा स्थानीय सत्ताधारी काँग्रेसका युवा विद्यार्थी पनि सहभागि भएका छन । भीमदत्त नगरपालिका स्थानीय सरकारले भने, २२ सटरको विषयमा सर्वदलिय बैठकबाट निर्णय लिनुपर्ने भएकाले काम हाललाई स्थगित गरिएको जनाएको छ । भीमदत्त नगरका प्रवक्ता पदम अवस्थीले शुक्रबार सर्वदलिय बैठक राखेर अघि बढ्ने बताए ।