दोधारा । पूर्व मेची देखि सुरु गरिएको साईकल यात्रा शुदुरपश्चिमको दोधारा चाँदनी नगरपालिकामा पुगेर समापन गरिएको छ् । २८ दिन लगाएर मेची पुल देखि सुरु गरिएको साईकल यात्रा शुदुरपश्चिमको दोधारा चाँदनी नगरपालिकाको महाकाली झोलुङ्गे पुल पुगेर समापन गरिएको हो । मोरङ्ग, शनिश्चरे घर भएका वर्ष ३६ का जेनिस बिष्ट मेची–महाकाली साईकल यात्रा सुरु गरेका थिए । आफ्नो मेची महाकाली साईकल यात्रा सम्पन्न भएको साईकल यात्री जेनिस बिष्टले बताउनुभएको छ् ।
विश्वमा बिद्यमान अशान्ती भईरहेको अवस्थामा विश्व शान्तीको कामना सहित आफुले मेची, महाकाली साईकल यात्रा सुरु गरेको साईकल यात्री जेनिस बिष्टले बताउनुभएको छ् । यात्राको क्रममा सबैले सहयोग गरेको बताउदै साईकल यात्री जेनिस बिष्टले आगामी दिनहरुमा नेपालको पहाडी जिल्लामा समेत साईकल यात्रा गर्ने योजना रहेको बताउनुभएको छ् । साईकल यात्री बिष्टले पर्यावरणको संरक्षण, नेपालको पर्यटन विकासका लागि समेत साईकल यात्रा गरिएको बताउनुभयो ।
अध्यनको क्रममा अष्ट्रेलियाबाट साईकल यात्रा गर्ने ईच्छा जागेको जेनिस बिष्टले बताउनुभएको छ् । यात्राका दौरानमा पूर्व देखि पश्चिम महाकाली सम्मकै नेपाल र नेपाली संग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाएको साईकल यात्री बिष्टको भनाई रहेको छ् ।
साईकल यात्रा समापनमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य पदमराज भट्ट लगाएत स्थानियबासीहरुले दोसल्ला ओढाएर साईकल यात्री जेनिस बिष्टलाई स्वागत गरेका थिए ।