अन्तर आधारभुत बिद्यालय खेलकुद प्रतियोगिता सम्पन्न, प्रतियोगितालाई निरन्तरता दिनु पर्नेमा जोड

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर स्तरिय अन्तर आधारभुत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगर खेलकुद बिकास समितिको आयोजनामा ३ दिन सम्म संचालन भएको नगर स्तरिय अन्तर आधारभुत खेलकुद प्रतियोगिता सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । नगर स्तरिय आधारभुत खेलकुद प्रतियोगितामा नगर क्षेत्रको २० वटा सामुदायिक बिद्यालय र १४ वटा संस्थागत बिद्यालयको सहभागिता रहेको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरि आधारभूत तहका विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागि खेलकुद प्रतियोगिता संचालन गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । नगर क्षेत्रमा पहिलो पटक संचालन भएको नगर स्तरिय अन्तर आधारभुत खेलकुद प्रतियोगितालाई निरन्तरताको लागी स्थानिय सरकार कटिबद्ध रहेको वडाध्यक्ष रावलले बताउनुभएको छ् ।

बिद्यार्थीहरुको पठन–पाठनलाई मध्यनजर राख्दै स्थानिय सरकारले समय–समयमा बिभिन्न प्रकारको खेलकुद प्रतियोगिता संचालन गर्दै आएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । यस आर्थिक वर्ष दोधारा चाँदनी नगरपालिकाले खेलकुदमा युवाहरुलाई अघि बढाउन रु. २५ लाख रकम बिनियोजन गरिएको उहाले बताउनुभयो । नगर स्तरिय अन्तर आधारभुत खेलकुद प्रतियोगिताको समापन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले खेलकुद राष्ट्रको सान र पहिचान भएको हुदा देशलाई विश्वमा चिनाउन खेलकुदको अहम् भुमिका रहदै आएको बताउनुभयो ।

खेलको माध्यमबाट देशको पहिचान बनाउन सफल हुदै आएको अवस्थामा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट पनि राम्रो खेलाडी उत्पादन गर्न सके नगर क्षेत्रको पहिचान अझ बढेर जानेमा उहाँले बताउनुभएको छ् । स्थानिय सरकारले युवाहरुमा प्रतिभाको खोजी गर्न बिभिन्न प्रकारको खेलकुद प्रतियोगिता संचालन गर्दै आएको वडाध्यक्ष खत्रीले बताउनुभएको छ् ।

नगर खेलकुद बिकास समितिका नगर संयोजक दिवान चन्दको सभापतित्वमा संचालन भएको नगर स्तरिय आधारभुत खेलकुद प्रतियोगिता उद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल रहनुभएको थियो । प्रतियोगिताको विजेता, उप–विजेता टिमलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ् । जनज्योती माध्यमिक बिद्यालयका प्रधानध्यापक अमर बहादुर बिकले स्थानिय सरकारले संचालन गरेको अन्तर आधारभुत खेलकुद प्रतियोगिता निकै सहनिय कार्य रहेको बताउनुभएको छ् ।

नगर क्षेत्रमा पहिलो पटक संचालन भएको अन्तर आधारभुत खेलकुद प्रतियोगितामा बिद्यालयहरुको उत्साहजनक उपस्थिती रहेको बताउनुभयो । खेलकुद आम नागरिकको पहुँचमा हुन आवश्यक रहेको बताउदै प्रधानध्यापक बिकले यसका लागी स्थानिय स्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्ने दायित्व र जिम्मेवारीका साथ लाग्न सके नगर क्षेत्रमा खेलकुदको बिकास हुने बताउनुभएको छ् ।

ताजा समाचार