कञ्चनपुर । शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना सहित जनताको तटबन्ध कार्यालयका प्रवाधिक टोलीले दोधारा चाँदनीको जगबुडा नदी र नदीले भत्काएका पक्की तटबन्धनको स्थलगत निरिक्षण गरेका छन् । शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना सहित जनताको तटबन्ध कार्यालयको टोलीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती क्षेत्रको जगबुडा नदीले गरेको क्षती र तटबन्धनको स्थलगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । यस वर्षको बाढीबाट दोधारा चाँदनी नगरपालिकाको बिभिन्न बस्तीमा क्षती बनाएको र जनताको तटबन्ध कार्यालयका प्राविधिक सहित शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाको टोलीले कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती क्षेत्रको जगबुडा नदीले गरेको क्षती र तटबन्धनको अवस्थाको स्थलगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् ।
तटबन्धन निमार्णका अध्यन गर्नको लागी जनताको तटबन्ध कार्यालयका प्राविधिक टोलीलाई जगबुडा नदी क्षेत्र र बाढीले बढी प्रभाव पारेको स्थानको स्थलगत अनुगमन गरिएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो । गत भदौ २७ र २८ गते र त्यस अघि आएको अविरल वर्षा संग महाकाली नदी जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ठुलो धनमालको क्षती बनाएको छ् ।
जनताको तटबन्ध कार्यालयका प्राविधिक टोलीलाई गरिएको आग्रह अनुसार महाकाली नदी र जगबुडा नदीले गरेको कटानी र त्यसको रोकथामको लागी पक्की तटबन्धनको लागी निरिक्षण गरिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । यस वर्ष आएको बाढीले नगर क्षेत्रमा ठुलो धनमालाको क्षती बनाएको उहाँको भनाई रहेको छ् । अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्धन निमार्ण गर्नु अति आवश्यक देखिएको उहाँले बताउनुभयो ।
प्राकृतिक प्रकोपबाट पिडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि आफ्नो पहल जारी रहेको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभयो ।
बाढीले गरेका साना–तिना र थोरै रकमले हुने मर्मत, संभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव उहाँले दिनुभएको छ् । शुदुरपश्चिम प्रदेश सभाका सदस्य राना मगरले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकार संग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो पहल भईरहेको उहाँले बताउनुभएको छ् ।