कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका कार्यापालिकाको बैठकले नगर उपप्रमुख गंगा देबी जोशी लगाएत वडा सदस्य सागर सुनार तथा दोधारा चाँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचार सहयोग बिनियोजन गरेको बिषयमा समाचारको बिषयलाई लिएर दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको सचिवालयले प्रतिकृया दिएका छन् । ‘पत्रकार महोदय उपचार खर्च शिर्षकमा हजुरले लेख्नु भएको समाचार प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु । पत्रकारितामा विगत लामो अनुभव बटुल्नु भाएको पत्रकार महासय ज्युले सत्यतथ्य थाहा नभएको हो कि ? कि लेख्ने कलममा जंग लागेको हो जनप्रतिनिधिहरुको शरीर मा रोग लाग्दैन ? कि मैले भष्टाचार गरेर लगेको हो उक्त रकम ? लगेको हो भने तपाई मेरो नाम गंगा देवि जोशी को नाम मा भष्टाचार मुद्दा हाल्नुस कि जता गुलियो तेतै भुलियो बानी छड्नुस हैन भने दिमाग को बत्ति खोल्नुस मैले नगरपालिकाको कार्यपालिकाले बनाएको कानुन अनुसार मैले पाउनु पर्ने सेवा सुविधा लगेको हो ।
विगतमा कार्यपालिकाको निर्णय बाट अन्य जनप्रतिनिधि ज्युहरु ले उपचार खर्च लग्दा तपाईको लेख्ने हिम्मत आएन ? कि एक जना …… …… व्यक्ति पठाएर मलाई मासिक रुपमा खर्च दिएसी म उपप्रमुख ज्युको बारेमा राम्रो समाचार सम्प्रेषण गर्छु भनेर सुचना पठादा मैले नमानेर तेहि रिसले मलाई लछित भ्रमित समाचार लेख्ने काम त गर्नु भएको छैन यदि हो भन्य याद राख्ने होला लेख्न मलाई नि आउाछ । जनतालाई सहि सूचना दिने कार्यको थालनी गर्नु होला सुभकामना छ । कुनै व्यक्ति लाई मात्रै लछित गरेर समाचार लेख्ने काम छड्नुस लेख्ने भए पूरा समाचार लेख्ने काम गर्नुस । यो विषय मा मेरो ध्यानआकर्षण भएको कुरा जानकारी गराउन चाहान्छ महोदय ।’
दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको सचिवालयले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका सोमवार बसेको बैठकले दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीलाई उपचार रकम रु. ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसित भएको कारण सहयोग गरिएको नगरपालिका कार्यालयले जनाएको छ् ।
यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु. ५० हजार रकम बिनियोजन गरेको छ् । यस्तै दोधारा चाँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् । सामाचार प्रकाशित भए संग नगर उपप्रमुख जोशीको सचिवालयले यस्तो प्रतिकृया दिएका हुन् ।