कन्चनपुरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ बिभिन्न ठाँउमा हर्षोल्लासका साथ मनाइयो

बिरेन्द्र बाग: /कञ्चनपुर : कन्चनपुरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भीमदत्त नगरपालिका सहित दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी,बेलडाँडी, लालझाडी स्थानीय सरकार विद्यालय , सङ्गठनहरुले बिभिन्न ठाँउमा हर्षोल्लासका साथ मनाइएको छ।
अनेरास्ववियु कन्चनपुर जिल्ला कमिटिद्वारा आयोजिति संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मदनचोकमा दिप प्रज्वलन गरेर मनाइएको छ । भनें विभिन्न विद्यालयहरुले, हाजिरिजवाफ, वादविवाद, वक्त्रीत्व कला प्रतियोगिताका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ बिभिन्न ठाँउमा हर्षोल्लासका साथ मनाइएको छ।

संविधान दिवस मुल समारोहका संयोजक एव जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले समावेसी संविधान दिवसको अवसरमा संविधान चोकदेखि महेन्द्रनगर बजारमा सरसफाई गरिएको जानकारी दिनु भयो।सरसफाई कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीदेखि स्थानीयको सहभागिता रहेको थियो ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

ताजा समाचार