पाईन्टभित्र लागु औषध सहित दुई युवक पक्राउ

कञ्चनपुर:कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकी क्षेत्रबाट लागु औषध सहित दुई युवक पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर प्रहरीको संयुक्त टोलीले गड्डाचौकी क्षेत्रबाट लागु औषध सहित दुई युवकलाई पक्राउ परेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका प्रह पदम विष्टले ९४०मिनिग्राम खैरो हिरोईन, १२पिस स्पास ट्याबलेट सहित भीमदत्त नगरपालिका ६खैरेनीका ३० बर्षिया टिकेन्द्र भट्ट र ऐठपुरका २९बर्षिया गणेश पाण्डेयलाई पक्राउ गरिएको बताए । उनीहरुले पाईन्टभित्र लागु औषध नेपाल भित्र्राईरहेको अवस्थामा पक्राउ परेका छन ।

ताजा समाचार