दोधारा चाँदनीका १ सय ७० बाढीपिडित घर परिवारलाई निड्स नेपालद्धारा गैर खाद्य सामग्री बितरण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीका बाढी प्रभावितहरुलाई गैरखाद्यान्न सामग्री वितरण गरिएको छ् । अक्सफाम र निड्स नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको वडा नं। १० का १ सय ७० परिवारलाई गैर खाद्य सामग्री बितरण गरिएको छ् । पुर्वानुमानमा आधारित पुर्व कार्य अन्तर्गत दोधारा चाँदनी नगरपालिकाका १ सय ७० घरपरिवारलाई गैर खाद्य सामग्री बितरण गरिएको निड्स नेपालको विपद् पुर्व तयारी द्रुत प्रतिकार्य तथा पुनरलाभका लागी समुदाय सवलिकरण परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– १० मा झण्डै ६ सय ६५ घरधुरी बाढी प्रभावित रहेको र त्यस मध्ये पहिलो चरणमा उक्त गैर खाद्य सामग्री बितरण गरिएको परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् ।

पहिलो चरणमा १ सय ७० जना बाढी प्रभावितहरुलाई गैर खाद्य सामग्री बितरण गरिएको र अन्य छुटेकाहरुलाई वडा कार्यालय र नगरपालिका कार्यालय संग समन्वय र सहकार्य गरि चाडै राहत बितरण गर्ने कार्यक्रम रहेको निड्स नेपालको विपद् पुर्व तयारी द्रुत प्रतिकार्य तथा पुनरलाभका लागी समुदाय सवलिकरण परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् । बाढी प्रभावित परिवारहरुलाई हाईजिन किट, सेल्टर किट, किचन किट, झुल, त्रिपाल लगाएत सामग्री बितरण गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयमा आयोजित एक कार्यक्रमको बिच उक्त सामग्री बितरण गरिएको हो । गत २७ गते र २८ गते परेको अविरल वर्षापछि आएको बाढीबाट दोधारा चाँदनी नगरपालिकाको वडा नं। १० का अधिकांश बस्ती डुवानमा परेको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभयो । विपद् व्यवस्थापन लगाएत अन्य विभिन्न क्षेत्रहरुमा निड्स नेपालले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष सिंहले बाढी प्रभावितहरुलाई छोटो समयमानै राहत वितरण कार्य गरेकोमा निड्स नेपाल र अक्सफामलाई धन्यवाद दिनुभएको छ् । बाढी तथा डुवानग्रस्त क्षेत्रका बासिन्दाको स्थानान्तरण गरि दीर्घकालिन समाधान खोज्ने तर्फ आफुहरु लागि परेको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । वडामा ६ सय ६५ जना बाढीपिडितहरु रहेको र राहत पाउन छुटेकाहरुलाई केही दिनमै राहत उपलब्ध गराईने उहाँले बताउनुभएको छ् ।

बाढीको कारण वडाका बस्तीहरु निकै समस्या ग्रस्त भएको बताउदै प्रदेश सरकार र संघिय सरकार यस बिषयमा गम्भिर भईदिन वडाध्यक्ष सिंहले आग्रह गर्नुभएको छ् । प्रकृतिलाई जित्न नसिएपनि यसबाट हुने जोखिमलाई केही हद सम्म न्यूनिकरण गर्न सकिने भएको हुदा विपद्को बेला सहयोग गर्न सबैमा उहाँले अपिल गर्नुभएको छ् ।

राहत पाएपछि बाढीको कारण कष्टकर जीवन बिताइरहेका बाढीपिडितहरुले संस्थाले ठूलो सहयोग गरेको बताउदै खुशी ब्यक्त गरेका छन् ।

 

ताजा समाचार