जेष्ठ नागरिले स्थानिय तहबाट आधारभूत सेवा सुविधा पाए नपाएको बारे अध्ययन–अनुगमन गरिदै

कञ्चनपुर : जेष्ठ नागरिकलाई स्थानिय तहबाट प्राप्त हुने आधारभूत सेवा सुविधामा पहुँच पुगे नपुगेको बारे कञ्चनपुरमा अध्ययन–अनुगमनको कार्य अगाडी बढाईएको छ ।
जेष्ठ नागरिकको हक, अधिकार, पहुँच अभिबृद्धि गर्नका लागि अध्ययन–अनुगमनको कार्य शुरु गरिएको छ । जेष्ठ नागरिकहरुको साझा संस्था राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालमा आवद्ध पदाधिकारीहरुले जिल्लामा अध्ययनको कार्य अगाडी बढाएका हुन । जिल्लाका जेष्ठ नागरिकहरुको शारिरिक, मानसिक, आर्थिक पक्षका बारे स्थानिय तहले चासो दिए नदिएको बारे अनुगमनका क्रममा छलफलका माध्यबाट बुझने कार्य भैरहेको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका जिल्ला अध्यक्ष धन बहादुर खडायले बताउनु भयो ।

“नौ वटै स्थानिय तहका जेष्ठ नागरिकका पदाधिकारीहरु संग छलफल गरी निष्केका निष्कर्शका आधारमा सम्बन्धीत निकायमा सहयोगका लागि अनुरोध गछौं” उहाँले भन्नुभयो, “पालिकाहरुले महिला, जेष्ठ नागरिकहरुका लागि कल्याणकारी के कस्ता कार्य गरि रहेका छन, त्यसबारे बुझने कार्य पनि भैरहेको छ ।” जेष्ठ नागरिक कार्यसमितिहरुबाट पेश भएका आवश्यक सुझावहरु सङकलन गरी जिल्ला, प्रदेश र केन्द्र सम्म प्रेषित गर्ने कार्यगरिने उहाँको भनाई रहेको छ । जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्नका लागि स्थानिय तहका प्रमुख उप प्रमुखलाई भेटेर सल्लाह, सुझाव पेश गरिएको छ ।

“अनुगमनका क्रममा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर स्थानिय तहले वडा स्तरमै सामाजिक सुरक्षा अन्र्तगतको भत्ताको रकम वितरण गर्ने व्यवस्था गरिएको पाईयो” राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका जिल्ला सचिव तेज सिंह थापाले भन्नुभयो, “सबै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गर्नु पर्ने, स्वास्थ्योपचारको सहज पहुँच अभिबृद्धि गरिनु पर्ने सुझाव स्थानिय तहलाई दिएका छौ ।” स्थानिय तहका प्रमुख, उप प्रमुखबाट सकारात्मक जफाव पाईएको उहाँको भनाई रहेको छ । अनुगनको कार्यमा जिल्ला अध्यक्ष धन बहादुर खडायत, सचिव तेज सिंह थापा, कोषाध्यक्ष गम्भीर सिंह बिष्ट, जिल्ला सल्लाहकार संयोजक देवीदत्त भट्ट र केन्द्रिय सदस्य गोविन्द सिंह बिष्ट लगायतको सहभागीता रहेको छ ।अनुगमन समितिले भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलडाँडी लगायत क्षेत्रमा पुगेर अहिले सम्म सुझाव सङकलन गरेका छन ।

ताजा समाचार