बेदकोट नगरपालिका वडा नं ४ बैतडामा असोज १ गते टाका जात मेला लाग्दै

सन्तोष धानुक/कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडामा रहेको प्रशिद्द धार्मिक स्थल घटालबाबा मन्दिरको उत्तरमा अवस्थित रहेको श्री स्टकुल देवता महादेब, निमुन मन्दिरको प्राङ्गणमा असोज ०१ गते (मंगलबार) का दिन टाका (जात) मेला संचालन हुने भएको हो । टाका (जात) मेला काठमाडौमा लाग्ने कुमारी इन्द्र जात्राको दिनको उपलक्षमा अनन्त चतुर्दशीका दिन बेदकोट नगरपालीका वडा नं ४ बैतडास्थित पनि धुमधामका साथ जात मेला लाग्ने गरेको बेदकोटका स्थानिय बिरेन्द्र धानुकले बताएका छ्न।

उहाँका अनुशार, हिन्दू धर्म संस्कृति संरक्षणको लागि यस बर्ष पनि मेला आयोजना गरिएको छ । बैतडीको पुर्चौडी भटनामा पनि उक्त जात्रा मनाउने गर्दछ्न भने त्यहा बाट बसाई सराइ गरेर आएका समुदायहरुले बेदकोटको बैतडामा पनि जात्रा मनाउने गर्दछ्न । परापूर्वाकालदेखि नै उक्त जात मनाउँदै आएको र अहिले पनि संस्कृतिको जगेर्ना गर्नका निमित्त उक्त जात मनाउने गरिएको छ । यो जातको आफ्नै धार्मिक बिश्वास रहेको छ। बेदकोटका विभिन्न ठाउँबाट आआफ्नै जात ल्याएर मन्दिरको परिक्रममा गरेर जात पर्व भव्यताका साथ मनाउने धार्मिक परम्परा रहेको उनलेबताउनु भयो ।

उनले भने, सास्कृतिक लोक बाजा दमहा बजाउदै पुजा आरधना गरि जात्रा मनाउने गरिन्छ । साथ साथै सुदुरपस्चिमको सान देउडा कार्यक्रम पनि आयोजना गरिएको छ । टाडा बाट आउने भक्तजनहरुका लागि खाना बस्नका लागि पनि ब्यबस्था, पार्किङको सुबिधा,प्रहरी सुरक्षाको सुबिधाका साथै मादक पदार्थ बिक्री बितरण र सेवन गर्न पुर्ण रुपमा बन्देज गरी भब्यताका साथ टाका जात मानाइने बताएका छन्।

ताजा समाचार