कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले वर्तमान गठबन्धन अगामी ०८४सम्मै जाने बताउनुभएको छ । बिहीबार महेन्द्रनगरमा नेपाल प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखक वर्तमान गठबन्धन अगामी ०८४सम्मै जाने बताउनुभएको हो । नेपाली काँगेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा एमालेविच भएको गठबन्धन नटुने दावि गरेका छन । ‘यो समिकरण अघि बढ्छ, ०८४सम्मै हुन्छ, ‘उनले भने, ‘तर दुईदलविच भएको सहमती अनुरुप नेतृत्व भने परिर्वतन हुन्छ ।’ गृहमन्त्री लेखकले संविधान सबै दलको सहमतीमा मात्रै संशोधन हुने बताए ।
सहकारी, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी सबै काण्ड कानुन अनुरुप अघि बढ्ने बताए । कञ्चनपुरको हुलाकी सडक निर्माणमा ठेकेदार कम्पनीले लार्पबाही गरेको बताउँदै मन्त्री लेखकले आफु भौतिक पूर्वाधारमन्त्री भएका बेला शिलान्यास गरेपनि हालसम्म निर्माणमा ढिलासुस्ती गरेकोमा चिन्ता व्यक्त गरेका छन । देशकै चर्चित घटना निर्मला हत्याकाण्ड बारे पत्रकारहरुले सोधेको जिज्ञासामा गृहमन्त्री लेखकले निर्मला हत्याकाण्ड सुक्ष्म ढङगले अघि बढिरहेको बताउँदै, थप गम्भिरताका साथ अघि बढ्ने बताए । ‘निर्मलाको न्यायिक आन्दोलनमा घाईते भएका सबै घाईतेका पक्षमा केही न केही निर्णय गर्छु, ‘उनले भने, ‘यहाँबाट काठमाण्डौँ फर्किए लगत्तै घाईतेको उपचारका लागि निर्णय गर्छु ।’ पत्रकारहरुले यस अघि निर्मलाको आन्दोलनमा आफै संघर्षका खटिनुभएको थियो ? अहिले निर्णय लिने ठाँउमा हुनुहुन्छ किन निर्मलाको विषयमा ध्यान नदिएको भन्दै प्रशन गरेका थिए ।
काँग्रेस सहितका अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले विगतमा निर्मलाको न्यायका लागि भन्दै सडकदेखि संसदसम्म आवाज उठाउने रमेश लेखक गृहमन्त्री भएपछि अहिले चुपचाप बसेको भन्दै टिकाटिप्पणी समेत गरिरहेका छन । नेपाल प्रेस यूनियन कञ्चनपुरका अध्यक्ष तेजसिह(मुस्कान)को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अधिकाँस पत्रकारले निर्मलाको न्यायकै विषय उठान गरेका थिए । गृहमन्त्रीमा नियुक्त भएपछि ५३दिनमा गृहजिल्ला भ्रमणमा रहेका मन्त्री लेखक बिहीबार राजधानी फर्किएका छन ।