डडेल्धुरामा श्रीमानले गोली हानी श्रीमतीको हत्या


कञ्चनपुर : डडेल्धुरामा एक पुरुषले श्रीमतीको गोली हानेर हत्या गरिदिएका छन । पुष अन्तिमदिन सोमबार अमगरढी नगरपालिका ३ पथरोडा बस्ने ३२ बर्षिया डम्बर थापा(मगर)ले गोली हानेर श्रीमतीको हत्या गरेका हुन । मादक पदार्थ सेवन गरेर डम्बरले २४ बर्षिया श्रीमती अस्मिता थापा(मगर)लाई भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन ।

रक्सीको झोकमा डम्बरले सिधै श्रीमतीको छातीमै गोली प्रहार गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । श्रीमानको गोली प्रहारबाट अस्मिता ठाँउमै डलेकी थिईन । प्रहरीले भरुवा बन्दुक सहित डम्बरलाई नियन्त्रणमा लिएर कार्बाही गरेको छ । पछिल्ला बर्षहरुमा सुदूरपश्चिम प्रदेशमा श्रीमानबाट श्रीमती र श्रीमतीबाट श्रीमानको हत्या भईरहेको छ ।

यसरी पटक पटक देशको नेतृत्व गरिसकेका काँग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराका युवक मदिराले लठ भएर श्रीमतीको छातीमै ताकेर बन्दुक तेस्र्यार हत्या गर्न थालेपछि डडेल्धुराका महिला त्रसित भएका छन । श्रीमानबाट जोगाईदिनका लागि उनीहरुले सरकारसंग आग्रह गरिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img