हरियो पातको सहयोगले जोगाएको सास

धनबहादुर महता/ कञ्चनपुर: पदमा कुमारी खत्री सुर्खेतको बराहताल गाँउपालिका २ गिरीघाटकी स्थानीय हुन । ४३ बर्षिया खत्री ३३ बर्षकी हुँदा बराहताल गाँउपालिका २ दुबिचौरबाट भेरी नदीको वाढीले विस्थापित भएकी थिईन । वाढीबाट विस्थापित भएकी पदमा खत्री सहितका वाढी पीडित अहिले अहिले पनी चियापानी सामुदायिक वन गिरीघाटमा बस्दै आएका छन ।जंगलमा बसेको उक्त बस्तीमा खानेपानीको हाराहार भएपछि खोलाको पानी पिउन बाध्य भएका छन । खत्री सहित डेढ सय वाढीपीडित अहिले गिरिघाटको खोलाको पानी खान बाध्य भएका हुन । विस्थापित भएदेखि पदमा पहाडी भेदमा रहेको एकोहोरो मुल पानीको प्रखाईमा जीवन जिउने पानीको मुलमा उनको दैनिक वित्छ । जहाँ एक हरियो पातको सहयोगले मेटाउने गरेको प्यास संगैशास, जीवन जिउन बाध्य भएकी छिन् ।गाँउमा शुद्ध खानेपानीको व्यवस्था छैन तर, बाध्यता संगै समस्याको सामना संगै हातमा फौलो (गाग्रो) र प्लाष्टिक गेलन लिएर मुलमा जान्छिन । खत्रीले हरियो पातको सहयोगले सानो–सानो (तुर तुर ) धारो बनाई फौलो भर्न लाग्छिन् तर उनलाई त्यो फौलो र हातको जर्किन भर्न समेत १ घन्टा भन्दा बढि(बेसि)समय लाग्ने गरेको गरेको छ ।‘जिन्दगीमा हरेक चिजको महसुस गर्छु, जुन बास बस्ने जग्गा जमिन खोलाले बगाएर सुर्खेतको गिरिघाट बनजंगलको कोखमा आश्रित छु, ‘उनले भनिन, ‘नत खानेपानी छ, न त सुख संगले सुत्ने बास छ, जिन्दगी कष्टकर बिताउनु परेको छ ।’ खत्री जस्तै डेढसय वाढी प्रभावितको खानेपानीको समस्या उस्तै छ । गाँउमा हुँदा पानीको समस्या नभएपनि विस्थापित भएदेखि समस्या भएको छ ।सुर्खेतका वाढीप्रभावित बस्ती गिरीघाट मात्रै नभई कर्णाली प्रदेशको सदरमुकाम बिरेन्द्रनगरमै पनि खानेपानीको समस्या रहेको छ । बिरेन्द्रनगर नगरपालिका वडा न. ३ तातापानी बजारै समेत पानीको समस्या रहेको स्थानीय बताउँछन ।बिरेन्द्रनगर नगरपालिका ३ बजारका ८२ वर्षका स्थानीय चन्द्र बहादुर थापाको परिवार एक एक दशक अघि मात्रै दैलेखबाट बिरेन्द्रनगर बसाईसरी आएका थिए । ‘मैले ०७२ सालमा जमिन किने ०७४ सालमा घर बनाए पहिला सुर्खेतमा जमिन सस्तो र जतासुकै पानी पानी हुन्थ्यो, तर अहिले पानीको सतह मुहान जमिनको खण्डिकरण संगै बढ्दो जनसंख्या बुद्धिले निकै समस्या निम्त्याएको छ, ‘उनले भने, ‘पानीको मुहान सुक्न थालेका छन, हामीलाई अहिले पानीको समस्या भएको छ ।’उनले पानीको समस्या बाट कम हुन जोगिन पर्यावरण संरक्षणमा जोडदिए । ‘बिरेन्द्रनगर नगरपालिका वडा नं. ३ तातापानी प्रगति टोल लगायत सुर्खेतले भोक्नु परेको साझा समस्या हो, ‘उनले भने, ‘कुवाको पानी प्रयोग गरेका छौँ। पछिल्लो समयमा पनि खानेपानीको पाइप जडान छ तर जिन्दगीमा कुवाको पानीनै प्रयोग गरेका छौँ । धारापानी जडान छ, तर कर तिरेपनी आखिर त्यही कुवाले साहस जोगाएको छ।’बिरेन्द्रनगर नगरपालिका वडा ३ पाथिभारा टोलमा समेत उस्तै समस्या रहेको छ। स्थानीय ३८ वर्षिय पदम बहादुर भण्डारीले पिउने पानीको समस्या एकाएक रुपमा रहेको बताए । ‘जहा खानेपानीको लाइन जडान छैन, जिबनमा नुहाउन देखि लत्ताकपडा धुन समेत कुवाको पानी प्रयोग गरिरहेका छौँ, त्यो राम्रो छैन , बाध्यताले प्रयोग गर्नुपर्ने भएको छ, ‘उनले भने, ‘पानीमा माटो लेदो आउने गर्छ पिउनको लागि खानेपानी किनेर जारको पानि प्रयोग गरिरहेका छौँ ।’ भण्डारी पनि दैलेख देखि सुर्खेत ०७४ सालमा आएको बताउँन्छन।तातापानी बस्ने २४ वर्षिय कुसुम रोकायाले अध्ययनको सिलसिलामा दैलेख देखि सुर्खेत आएको पनि ५ वर्ष भयो। पिउने पानीको निकै (उल्कै) समस्या रहेको उनी बताउन्छिन ।
‘दैनिक रुपमा नुहाउन,धुवाउन देखि लिएर पिउन सम्म समस्या छ, केही महिना अगाडि पानीको ड्राम भरेर राख्नु पर्ने हुन्छ, जुन एक दिन पानीको डरम भरेर उचालेर लग्न खोज्दा कमरको नसा नै च्यापिदा सुर्खेतको काला गाउँमा रहेको प्रादेशिक प्रदेशअस्पतालमा दुई हप्ता सम्म भर्ना हुनु परेकोथियो, ‘उनले भनिन, ‘एक महिना सम्म फिजियोथेराफी गराउनु परेको थियो, वर्षा याममा त कतिपो दिन आकाशको पानीले नुहाउने र धुवाउने गरिन्छ। तर, यो सदरमुकाम भए पनि अनेकौं समस्या संग जुद्नु परेको छ।’ पानीका मुहान सरक्षणका लागि पर्यावरणको संरक्षण गर्नु आवश्यक रहेको उनको भनाई रहेको छ।खोलानालाको पानी, कुवाको प्रयोग गर्दा र कुवा सुख्दा खोलाको पानी प्रयोग गर्ने गरेको बताउन्छिन । ३९ वर्षिय दिपा चर्ती बताउन्छिन। प्राकृतिक सम्पदाको सधाभए हामिले संरक्षण गर्नु आवश्यकता रहेको छ। त्यसै ठाउँमा बस्ने अर्की २८ वर्ष कि बिन्दु नेपाली भन्छिन्, जिन्दगीमा कहिले सुख आउलान जहाँ पिउने पानी समेत छैन, खोलानालाको खोल्सोमा रहेका प्रकृतिले दिएकोउपहार नै खाने पानीका मुहान काम लागेका छन ।
नेपाल जलस्रोतका आधारमा विश्वमा ४२औँ स्थानमा र उपलब्धताका आधारमा ब्राजिल भन्दा दोस्रो स्थानमा पर्दै आएको छ । नेपालमा जलस्रोतको प्रर्याप्त उपलबधता भएपनि कहिकतै नेपालका जिल्ला गाँउ दुरदराजमा अझैपनि जलस्रोत अभाव भएको पाईन्छ । विश्व धरातलमा नेपाल जलस्रोत र वन जंगलले भरिपूर्ण त्यसैको साथ हराभरा सुन्दर भु–बनाटेमा सजिएको कर्णाली प्रदेश हो ।

प्रदेशको इतिहास आफ्नो किसिमको एक खालको पहिचान बोकेको भू–धरातलमा तराई हुँदै एकोहोरो पहाडी भेगलाई आत्मीयता संगै जोडिएको छ। खोला नालाको किनारकिनार हुँदै सुन्दर वातावरणिय रुपमा देखिएको त्यो हरियाली सुर्खेत हो। जहाँ आफ्नै खालको मुख्य समस्याको सामना खोप्नु परेको छ ।

पर्यावरणको संरक्षण नहुदा खानेपानी संकट पहाडको खोचमा सानो पानीको मुल, थिए पछिपानी जम्मा हुने बनाउने गरेको छन । पानी फालाफालको समय बाट नै तर अहिले खडेरीमा हुने गर्दछ । वर्षाको समयमा अहिले जति पानी हुन्छ त्यो भन्दा बढी उहिले खडेरीमा आउने स्थानीय बताउँछन ।

बिगौँ बिगाह खेत भएका जिमन पछिल्लो समयमा खण्डिकरण हुदै गएको छ । अहिले खेतीपातीबाट पलायन हुने सम्भावना छ । कुवामा धेरै पानी भएर बग्ने भएकालेखेतहरुलाई हाडि भनिन्थ्यो । कुवाको पानीले सिजन अनुसारका तरकारी फल्थ्यो । त्यो बजारमा विक्रि हुन्थ्यो । तर अहिले खडेरीमा खानेपानी समेत पु¥याउन मुस्किल रहेको छ ।

वीरेन्द्रनगर ३ का वडा अध्यक्ष बिनोद सिंह बिष्टले कुवा जोगाउन आफुले प्रयास गरिरहेको र आगामी दिनमा यसका लागी वडाले योजना बनाउने बताए ।‘पानीका मुहान सुक्ने हाम्रो वडा मात्रै नभएर अहिले पूरै जिल्लाकै समस्या हो, कहिले बाढी नै आउँछ, ‘उनले भने, ‘कहिले खाने पानी हुन्न । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै भएको वस्ती विकासले शहरीकरण तीब्र हुनुका साथै पानीको समस्याभने झन् बढेको छ ।’

०७४ सालदेखि मुलुक संघीयतामा गएपछि प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम तीव्र रूपमा बढ्यो । ०६८ सालमा एक लाख बासिन्दा रहेको वीरेन्द्रनगरको जनसंख्या दशकपछि ०७८ मा एक लाख ५५ हजार पुगेको छ । जनसंख्या वृद्धिसंगै खानेपानीको समस्या बढ्दै छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका प्रमुख डम्मर गौतमले संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको बताए । ‘मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण गर्ने गरेको छ, ‘उनले भने, ‘छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको संख्या बढेको छ । राजधानी बनेपछि झन् जनसंख्या बढेको छ । पछिल्लो समय खानेपानीका मुहान पनि स्रोत सुक्दै गइरहेका छन ।’

उपत्यकामा दिनानुदिन जनसंख्या बढ्दै गएपछि खानेपानीको माग र आपूर्ति बीचमा असन्तुलन देखिएको गौतमले बताए । ‘बढ्दोसहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँग वीरेन्द्रनगर उपत्यकामा पानिको समस्याभयो, ‘खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट पानी ल्याएको छ, यहाँको एक प्रमुख स्रोत नैझुप्रा खोला हो । सुर्खेत उपत्यका खानेपानी संस्थाले बुलबुले तालबाट दैनिकपानी वितरण गर्दथ्यो ।’ सुर्खेतमा मुहान सुक्दै गएपछि अहिले दैनिक सात लिटर प्रतिसेकेन्ड मात्रै पानी आउने गरेको उनले बताए ।
उनका अनुसार अहिले खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट पानी वितरण हुन्छ । देवकोटाका अनुसार सबै मुहानको पानी सुकेर खडेरीको समयमा आधामा झर्ने गर्छ । अन्य समयमा ७६ लिटर प्रति सेकेन्ड पानी आउने गरेका झुप्रा खोलामा खडेरीको समयमा ३६ लिटर प्रति सेकेन्ड पानी आउने उनी बताउछन् । ‘माथिल्लो क्षेत्रमा पानी रिचार्ज नै छैन, यी मुहानहरुमा हरेक वर्ष पानीको मात्रा घट्दै गएको छ, ‘उनले भने, ‘०५७ सालदेखि हेर्दा अहिलेसम्म पानीको मुहान प्रत्येक वर्ष घट्दै गइरहेको, सन् २००० मा तालको पानी व्यवस्थापन गर्न ताल सुकाइयो । तर तत्पश्चात आसपासका मुहाँनै सुकेपछि हालसम्म ताल सुख्खा अवस्थामा छ ।’
अमेरिकी अन्तर्राष्ट्रिय युएसएआइडी जल जंगलपरियोजना प्रमुख भुपेन्द्र शाहीले पछिल्लोसमयजिल्लामा मात्र नभइ समग्र नेपालमा तापक्रम बढ्दै गएको बताए । शाहीका नुसार नेपालको पूर्वी भेगबाट पश्चिमतर्फ तापक्रम बढ्दै गएको छ । ‘सुर्खेतको हकमा हेर्दा ४ प्रतिशत मुख्य पानीका मुहान सुकिसकेको छ, ‘उनले भने, ‘स्थानीयले पिउने पानीको १० प्रतिशतभन्दा बढी मुहान सुकेको छ । मुलबाटै पानी घटेपछि नागरिकले पिउने पानीको मुहान घट्नु स्वभाविक हो किनकि सुख्खापन बढ्दै छ ।’
शाहीका अनुसार यो सबैको प्रमुख कारण मध्येको एक विगत १० वर्षदेखि भएको ग्रामिण सडक निर्माण हो । ‘पानीको मुहानको ख्याल नगरी सडक निर्माण गर्दा मुहान घटेको वैज्ञानिक हिसाबले देखाउँछ, उनले भने, ‘पहिले पहिले आकाशबाट पनि लामो समय पानी पथ्र्यो तर अहिले वर्षाको दुई महिना ९० प्रतिशत र बाँकी महिना १० प्रतिशत पानी पर्छ । जसका कारण प्राकृतिक रुपमा रिचार्ज हुन पाउँदैन ।’ कर्णालीमा जथाभावी गरिएका विकास निर्माणका कामले पानीको मुहान सुक्ने र पानी घट्दै गएको कर्णाली जलपरियोजनाको तथ्यांक छ । वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर पानीको आवश्यकता भए पनि अहिले प्रति सेकेन्ड १५३ लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको छ । सुर्खेतको वीरेन्द्रनगरमा मुहान रहेका झुप्राखोला, खरीखोला बोरीखोला, इत्राम खोला, खोर्के खोलाको मुहानबाट ६८ लिटर प्रतिसेकेन्ड ५८ लाख ७५ हजार दुई सय लिटर प्रतिसेकेन्ड उत्पादन हुने गरेको छ । तर २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजार बढी घरधुरीलाई खानेपानी दिन नसक्दा आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागु गर्दै आएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा भेरी पम्पिङ आयोजना अघि बढाइएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार ५ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरेकोमा हालैमात्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । विश्व बैंकको लगानीमा भेरी नदीको पानी पम्पिङको काम अघि बढाउन वीरेन्द्रनगर नगरपालिकाले तत्काल टेण्डर आह्वान गर्ने निर्णय गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले टेण्डर आह्वानका लागि प्रक्रिया अघि बढेको बताए । आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजातलाई परिमार्जन गरेपछि विश्व बैंकले स्वीकृति दिएपछि पहिलो चरणको काम शुरु गर्न लागिएको उनले बताईन । आयोजनाको पहिलो प्याकेज अन्तरगत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, प्रशारण लाइन, रिजर्भ ट्यांकी लगायतको काम गरिने छ । करिब ६ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा सङ्घीय सरकारको ८० र प्रदेश तथा वीरेन्द्रनगर नगरपालिकाको २० प्रतिशत लगानी रहनेछ । प्रदेश सरकार पाँच करोड रुपैयाँ विनियोजन गरेको छ, भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँच मार्ग सहित आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ ।
सुदूरपश्चिम प्रदेश तराई कञ्चनपुरको महेन्द्रनगर उत्तरी क्षेत्रमा उस्तै समस्या
सुर्खेतको गिरीघाट, बिरेन्द्रनगर बजार एव केही ग्रामिण क्षेत्रमा खानेपानीको संकट भईरहेका बेला सुदूरपश्चिम प्रदेश तराई कञ्चनपुरको महेन्द्रनगरमा समेत भूमिगत पानीको समस्या देखिन थालेको छ । विगतका बर्षहरुमा धारा, कुवा मार्फत आउने पानी अहिले सहजै पानी नआउने गरेको स्थानीय बताउँछन ।
भीमदत्त नगरपालिका ३ तिलकपुरका मदन दमाईले विगत १० बर्षअघि गाँउमा खानेपानी भूमिगत रुपमा कुवा चुरे जंगलको मुहानबाट ल्याएर खाने गरेको बताए । ‘विगतका हामी ३०फिट कुवा खनेर खानेपानी उपभोग गर्दै आएका थिए, ‘उनले भने, ‘अहिले ५०फिट खन्दा पनि पानी आउँदैन, खानेपानीको धारा जडान भएपछि विगतको जस्तो प्रसस्त खानेपानी उपभोग गर्न पाएका छैनौँ ।’पहिले कुवाबाट चाहिएजती सित्तैमा उपभोग गर्दै आएको र अहिले धारा जडान गर्दा धेरै उपभोग गर्दा पैशा बढि चिन्ता हुने गरेको बताए । ‘विगतका हाम्रा कुवा सुकिसके, भएका कुवाको पानीपनि सफा छैनन, ‘उनले भने, ‘घरमै फेरी डिपटुबेल हाल्दा पैशा छैन, पानी आउने पनि कुनै ग्यारेन्छी छैन ।’भीमदत्त नगरपालिका ७ हल्दुखालका स्थानीय मदन बहादुर चन्दले अहिले कुवामा पानी आउन छाडेको बताए । ४० बर्ष अघि गाँउभरी खानेपानी कुवा÷ईनारबाट उपभोग गर्दै आएको बताउँदै उनले अहिले पानी आउन छाडेको र ओभरहेड ट्ङकी मार्फत पानी उपभोग गर्दै आएको बताए ।
‘मेरो घरमा ०३७ साल अघि कुवा थियो, त्यसपछि हामीले हेण्डपप्प राखे, पानीको मुहान धेरै पानी तल खस्किसकेको थियो, अहिले पानी नै आउँदैन, उतिबेला ३० फिट गहिराईमा पानी आएपनि अहिले ६०मा पनि आउन छाड्यो, ‘उनले भने, ‘पानीको मुहान यसबाट सुक्दै गएको छ ।’ चुरे, वातावरण विनास, प्राकृतिक तालतलैया पुरिनु जनसंख्या बढ्दा पानीका मुहान सुक्दै गएको बताए ।कञ्चनपुरका प्रर्यावरण सरक्षणकर्मी राजुराम सार्की(भुल)ले जलवायु परिर्वतन र चुरे बिनासले जिल्लाको उत्तरी भेगका पानीका मुहान सुक्नेक्रम जारी रहेको बताए ।उनले पछिल्ला बर्षहरुमा जलवायुमा आईरहेको परिर्वतन असर न्यूनिकरणका लागि चुरे, वन, पर्यावरण सरक्षणदेखि प्राकृतिक ताल रिचार्ज गर्दै सरक्षण प्रर्बद्धनका कार्यक्रम संचालनमा जोडदिएका छन ।
चुरे सरक्षण सञ्जाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले जिल्लाको उत्तरी चुरे क्षेत्रमा वन विनास,चोरी, शिकारी जस्ता पर्यावरण बिनास, मानिसको चाप बढिरहेकाले पानीको मुहान सुकिरहेको बताए । उनले चुरे सरक्षणका लागि राज्य र स्थानीय पक्षबाट सरक्षणका कार्यक्रम हुनुपर्नेमा जोडदिए । चुरे सरक्षण सञ्जाले ब्रम्हदेबदेखि दैजीसम्म सरक्षणका विवित कार्यक्रम अघि बढाएको बताए ।
भीमदत्त नगरपालिकाको तथ्याङ्क अनुसार हाल १ लाख, १४ हजार ४०४ जनसंख्या रहेको छ । १९ वडा रहेको भीमदत्त नगरपालिकामा ईनार, कुवाको पानी उपभोग गर्ने जनसंख्या नै छैन । १२ हजार घरधुरीले अझैपनि हेडपम्प,९हजार घरधुरीले सार्वजनिक धारा मार्फत पानी उपभोग गर्दै आएका छन । भीमदत्त नगरको उत्तरी चुरे भेग १, ३, ७, ८, ९ र १०मा समस्या रहेको छ ।भीमदत्त नगरपालिका नगर सुचना अधिकारी हरिसिह धामीले पानीको समस्या भएका ग्रामिण भेगमा विस्तार गरिने बताए । नगरको उत्तरी भेगमा ओभरह्याड ट्याङकी मार्फत विस्तार गरिने बताए । उनले ३, ५,७, ८, ९, १० र १८ मा ओभरट्याड टङकी निर्माण गरिएको विस्तार गरिएको बताए । नगर विकास कोष मार्फत ईनार विस्तापित भएका ग्रामिण भेगमा खानेपानीको विस्तार भईरहेको बताए । उनले कुवा, ईनार सुक्नुको कारण जलवायु परिर्वतनदेखि बढ्दो, जनसख्या शहरीकरण भएको बताए । ‘ओभरहेड ट्याङकी विस्तार भएपछि कुवा पनि स्वत विस्थापित भईरहेका छन, ‘उनले भने, ‘अब खानेपानी नपुगेका सबै वडा, गाँउबस्तीमा नगरपालिकाले खानेपानी विस्तार गर्ने योजना छ ।’

ताजा समाचार