छोराको जिवन रक्षाका लागी दोधारा चाँदनीका कमलाको अपिल, वडाध्यक्ष खत्रीले सुरु गरे जिवन रक्षाको अभियान

दोधारा । छोराको उपचारमा सहयोग गरिदिन सबैलाई कमला सुनारले अपिल गरेका छन् । बिगत १ वर्ष देखि मृगौलमा समस्या भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ चैते टोल निवासी वर्ष अन्ताजी ३३ का शुरेस सुनारको उपचारमा सहयोग गरिदिन उनका आमा कमला सुनारले अपिल गरेका छन् । आर्थिक अवस्था निकै दैनिय रहेका शुरेस सुनारको मृगौलामा समस्या देखिए संगै मुखबाट रगत बग्न थालेपछि उनका घरपरिवार उपचारमा सहयोगको लागी सबै संग गुहार माग्दै आएका छन् । बिरामीले हिडडुल गर्न नसकेका शुरेसलाई घरपरिवारले सिमावर्ती भारतिय बजारमा रहेका अस्पतालमा उपचार गर्दै आएका हुन् ।

अस्पतालले उपचारमा बढी रकम लाग्ने बताए संगै आर्थिक अवस्था कमजोर रहेकै कारण उपचार गर्न नसकेर घरमै शुरेसलाई राखेको आमा कमला सुनारले बताए । कमलाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहुन देश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजु भाई, दिदी बहिनीहरुमा अपिल गरेका छन् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले शुरेसको उपचारको लागी रु. ५ हजार रकम हस्तान्तरण गरेका छन् ।

शुरेसको घरमा पुगेर वडाध्यक्ष खत्रीले उपचारको लागी उक्त हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष केशव खत्रीले आर्थिक अवस्था कमजोर रहेर जिवन मरणको दो–साँधमा रहेका ‘शुरेस सुनार बचाऊ’ अभियान संचालन गर्ने घोषणा समेत गरेका छन् ।

ताजा समाचार