महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको श्री एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.१८ औं वर्षमा प्रवेश गरेको छ । शनिवार सहकारी संस्थाले १८ औ वार्षिकोत्सव मनाउदै १ करोड ३८ लाख ८३ हजार ६ सय ७२ रुपैया बराबरको आयब्यय प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका नि.ब्यवस्थापक सरोज धामीले गर्नु भएको थियो । संस्थाका ्अध्यक्ष सुरेन्द्र सिह साउदको सभापतित्वमा संस्थाका जेष्ठ सदस्य नन्दा देवी धामी प्रमुख अतिथि रहनु भएको थियो ।

साधारणसभाको अवसरमा सहकारीमा नियमित रुपमा बचत गर्दै आउनु भएका विरेन्द्र चौधरी,भागरथी विष्ट र श्याम डंगौरालाई उत्कृष्ट बचतकर्तामा सम्मानित गरिएको थियो भने असल ऋणीहरुमा सपना भट्ट,धन बहादुर भण्डारी र दुर्गा देवी थलाललाई सम्मान गरिएको थियो । साधारण सभाले जानकी बोहरालाई अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने उपाध्यक्षमा कृष्णानन्द भट्ट सचिवमा विष्णु प्रसाद बोकटी,कोषाध्यक्षमा हेमराज ओझा,सदस्यमा तेज सिह धामी, जयप्रकाश भट्ट र सिता जोशीलाई चयन गरिएको छ । यसै गरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपाल चन्द निर्वाचित भएका छन भने सदस्यहरुमा लोकराज ओझा र बलदेव सिह खत्री निर्वाचित भएका छन ।

कार्यक्रम संचालन गर्दै व्यवस्थापक सरोज धामीले सदस्यहरुसंग छरिएर रहेको पुजीलाई संकलन गरि सदस्यहरुको आर्थिक अवस्थालाई मजबुत पार्न सहकारी संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनु भयो । यसै गरि संस्थाका मेरुदण्डका रुपमा कार्यरत कर्मचारीहरुलाई समेत थप प्रोत्साहन गर्न सम्मान समेत गरिएको थियो । सम्मानित हुने कर्मचारीमा लिला कंडेल धामी,जस सिह धामी र नवराज जोशीलाई उत्कृष्ट कर्मचारीमा सम्मान गरिएको हो । सहकारी संस्थालाई सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गर्दै आइरहेको छ ।

नवनिर्वाचित अध्यक्ष जानकी बोहराले निवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई विदाई गर्दै नया नेतृत्वमाथि ठुलो जिम्मेवारी आएको भन्द्र सबैको साथ सहयोगले सहकारी संस्थालाई थप उचाईमा पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । सहकारी संस्थामा २ करोड ५३ लाख १५ हजार १ सय सेयर पुजि रहेको छ भने भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका कार्यक्षेत्र बनाई सहकारीले काम गर्दै आइरहेको छ।










