पटरा खल्लाका ७ बाढीपिडित परिवार अझै घर फर्कन सकेनन् : छिमेकी र आफन्तकको शरणमा

दोधारा । असार २२ गतेदेखि २४ सम्म ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा बिस्तापित भएका पटरा खल्लका ७ घरपरिवार अझै घर फर्किन सकेका छैनन् । असार २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संगै जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटराखल्लाका २६ घरधुरी बिस्तापित भएका थिए । बाढीले उनिहरुको घर भत्काउनुको साथै खाद्यान्न, भाडाकुडी, लत्ताकपडा लगाएत सामग्री बगाएर तथा भिजाएपछि बिस्तापित भएको हुन् ।

बाढीले पटराखल्लामा बितण्डा मच्चाएपछि उनिहरु नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका थिए । पानीको सतह कम भएसंगै बाढी सुकेपछि १९ घरपरिवार घरफर्किएता पनि ७ घरपरिवार अझै आफन्त र छिमेकीको घरमा आश्रय लिदै आएका छन् । बिद्यालयमा पठन पाठनमा असहज भएको कारण उनिहरु बिद्यालयको एक कोठामा आफ्नो बाढीबाट जोगाएका सामग्री राखेर आफन्त र छिमेकीको शरणमा बस्दै आएको स्थानियहरुले बताएका छन् ।

आएको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडा बढी प्रभावित बनाएको थियो ।

ताजा समाचार