बडुवाल टोलमा जंगली हात्तीले अन्नवाली नष्ट गर्दै, दिर्घकालिन नियन्त्रणको व्यवस्था भएन

दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले धान तथा मकैवाली नष्ट गर्दै आएको छ् । बडुवाल टोलमा स्थानिय किसानहरुले लगाएको धान तथा मकैवाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको हो । झण्डै २ साता देखि नजिकै रहेको भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीको बथानले किसानहरुले लगाएको अन्नवाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको स्थानियहरुले बताएका छन् ।

भारतिय जंगलबाट हुल बाँधेर आएको जंगली हात्तीले गएराती किसान सुरज सुनार र मोहन सुनारको धान तथा मकै खेती नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन् । मधयरातमा आएको हात्तीले सुरज सुनार र मोहन सुनारको झण्डै आधा बिघाहमा लगाएको धान तथा मकै खेती नष्ट गरेको महाविर क्षेत्रीले बताए ।

बिगत १०/१२ वर्ष देखि बस्तीमा जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्नुको साथै घर भत्काउदै आएपनि नेपाल सरकारले हात्ती नियन्त्रणको दिर्घकालिन ब्यवस्थ ागर्न नसकेको स्थानियहरुको गुनासो छ् ।

ताजा समाचार