पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरु आर्युेवेदिक उपचारमा आकर्षित भएका छन् । बिगत ४ बर्ष देखिे नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीय आकर्षित भएका हुन् । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थानिा भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० सम्म सेवाग्राही आउने गरेको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले बताए । आयुर्वेदिक औषधीले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उहाँको भनाई रहेको छ् । आयुर्वेद औषधीले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीको भनाई रहेको छ् ।

गत बिगतका तुलनामा बिरामीहरुको संख्याका साथै पञ्चकर्म लिनेहरुको संख्या समेत बढेर गएको बैध जोशीले बताउनुभएको छ् । सरकारको नीति तथा कार्यक्रम अनुसार सबै स्थानिय तहमा आयुर्वेदिक उपचारमा स्थानीयको पहुँच बढाउने उद्धेश्यले नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताईएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत डम्मर ध्वज अवस्थीले आर्युेवेदिक उपचारको महत्व धेरै बढेर गएको बताउनुभएको छ् । नागरिकहरुमा आर्युेवेदिक सेवाको आकर्षण बढेर गएको उहाँको भनाई रहेको छ् । नागरिक आरोग्य सेवा केन्द्र संचालनमा दोधारा चाँदनी नगरपालिका र शुदुरपश्चिम सरकारले सघाउदै आएको उहाँको भनाई रहेको छ ।

आरोग्य सेवा केन्द्र दोधारा चाँदनीमा वैध राजु जोशी, अभ्यंकर्ता महेश राज बिष्ट र लक्ष्मी कुमार ऐर कार्यरत रहेका छन् । आयुर्वेदिक उपचार तथा औषधीका लागी भारत तथा सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ् । सेवा केन्द्रमा ग्याष्ट्रिक, बाथरोग, सुगर, पायल्स लगाएतका विरामीका रोगी बढी आउने गरेका छन् ।

केन्द्रमा २३ प्रकारका औषधी, उपचारका परामर्श, योग र पञ्चकर्म सेवा अन्र्तगत पूर्व कर्म सेवा उपलब्ध गराईदै आएको सेवा केन्द्रले जनाएको छ् ।
