दोधारा । हिमालयन मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट ज्यान गुमाएका दोधारा चाँदनी नगरपालिका २ का २३ वर्षीया हिरा शाहीको परिवारलाई किरिया खर्च हस्तान्तरण गरेको छ् । मध्यवर्ती व्यवस्थापन समितिको नियमअनुसार तत्काल राहत उपलब्ध गराउने कोषबाट काजक्रिया खर्च बापत एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हिमालयन मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिएका छन् ।
बिहीबार बिहान धान गोड्दै गरेका हिरा शाहीको बाघले आक्रमण गरेर ज्यान लिएको थियो । यस अघि दोधारा चाँदनी नगरपालिका कार्यालयको विपद् कोषबाट राहत सहयोग रकम रु. ५० हजार पिडित परिवारजनलाई हस्तान्तरण गरिएको हो ।