खहरे खोला गाँउतिर उर्लिदा तिलकपुरको कालिका विद्यालय उच्च जोखिममा

कञ्चनपुर : कञ्चनपुरको शिरानी उत्तरी चुरे भएर बग्ने खन्यखोलाको बाँध भत्किएपछि खहरे खोला गाँउतिरै उर्लिएको छ । गत असार अन्तिम साता र साउन पहिलो साता परेको भिषण बर्षाले खन्यखोलाको बाँध भत्किएपछि खहरे खोला भीमदत्त नगरको ३ र ७ वडाको सीमावर्ती हल्दुखाल, तिकलपुर गाँउमा पसेको हो । चुरे भएर बग्ने खहरे खोला गाँउतिर आएर स्थानीय नागरिकका घर, गोठ र खेतबारीमा पसेर कटान, पटान, डुवान भएको छ । डुवान नियन्त्रणमा आएपनि अहिले कटान, पटानकै समस्या रहेको छ ।

भीमदत्त नगरपालिका ३ का वडाध्यक्ष गगन धामीले झण्डै एक सय मिटरमा रहेको खन्यखोलाको बाँध भत्किएको बताए । वडाध्यक्ष धामीले खन्यखोलाको बाँध भत्किएपनि त्यही खोलाको पानी गाँउतिर नआएपनि अन्य खहरेखोलाको पानी गाँउतिर उर्लिएको बताए । ‘खहरेखोलाको पानी गाउँँतिर उर्लिपछि भीनपा ३ का ठाँउ ठाँउमा निजी तथा सार्वजनिक सम्पत्तीमा क्षति पु¥याएको छ, ‘उनले भने, ‘कालिका आविदेखि शारदा टोल, खैरनी विभिन्न ठाँउहरुमा कटानी, पटानी गरेको छ ।’ खन्योलामा भीमदत्त नगरपालिकाको आईई प्रतिवेशन अनुसार ४२ हजार घरमिटर नदीजन्य पदार्थ निकाल्नुपर्ने भएपनि सामुदायिक वनले नदीजन्य पदार्थ निकाल्न नदिए पछि नदीको सतह बस्तीसंगैको उचाईंमा पुग्दा बाँध भत्किएको बताए ।

भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष गणेश बहादुर चन्दले खन्यखोलाले हल्दुखाल र तिलकपुरको सीमा क्षेत्रमा बाँध भत्काएको बताए । ‘बाँध भत्किएर पुरैपानि गाँउतिर आयाे´ ‘खन्य खहरेखोलाले भीनपा ७ का विभिन्न बस्ती, सार्वजनिक सरचना कटान, पटानमा चपेटामा परेका छन, ‘उनले भने,‘समयमै खन्यखोला नियन्त्रण नभए उत्तरमा भीनपा ३, ७ र दक्षिणमा दर्जनौँ वडाहरुमा डुवानको चपेटामा पर्छन ।’ खहरेखोलामा आएको वाढी गाँउमा पसेपछि भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर कालिका टोलमा रहेको एक सामुदायिक विद्यालय समेत उच्च जोखिममा परेको छ । विद्यालयको छेउमै रहेको खहरे खोलामा वाढी आएपछि विद्यालय विप्दको उच्च जोखिममा परेको हो । विद्यालय नजिकै रहेको पक्की पर्खाल(बाँध) र कल्र्भट भत्काएको छ । उक्त खहरेखोलाको कटानी नियन्त्रणका लागि विद्यालयको पश्चिम तर्फ बाँधेको बाँध (पक्की पर्खाल) भत्काईदिएपछि कालिका टोलका स्थानीयलाई समेत आवत जावतमा समस्या भएको छ ।

वाढीले बाँध र कल्र्भट भत्काईदिएपछि कालिका टोलका स्थानीयलाई दुई पाङग्रे सवारी साधन बाहेक अन्य ठुला सवारी साधनमा यात्रा गर्न बञ्चित भएका छन । सडकको पर्खालवाला बाँध र कल्र्भट भत्किएपछि विद्यालयकै चौउर भएर स्थानीयले आवत जावत गरिरहेका छन । कालिका आधारभूत विद्यालयका प्रद्यानाध्यापक नर बहादुर धामीले खोलाको कटानीले विद्यालय उच्च जोखिममा परेको बताए । प्रअ धामीले विद्यालयको पश्चिममा रहेको खोलाले बाँध र कल्र्भट भत्काउन शुरु गरेपछि सडक सहित, विद्यालयको शौचालय र चौउरतिरै कटानी गरेको बताए । प्रअ धामीले समयमै तटबन्ध, कल्र्भट निर्माण नहुन सके अर्को वाढीमा विद्यालय कटानीमा जोखिममा पर्ने बताए । भीमदत्त नगरपालिका ७ का निवर्तमान वडाध्यक्ष शंकर कुँवरले खन्यखोलाको बाँध भत्किनुका साथै खहरे खोला गाँउतिर पसेसंगै निजी सार्वजनिक सरचना भत्काउन शुरु गरेको बताए ।

उनले खोला गाँउतिरै उर्लिएपछि हल्दुखाल–तिलकपुरको सीमाना क्षेत्रमा महाकाली सिँचाईको नहर भत्किएर पुलमा क्षति पुगेको बताए । ‘ यो अन्यखोला समयमै नियन्त्रण नभए हल्दुखाल,तिकपुरबाट सिधै बजारमा आएर सिङ्गै पालिका डुवान, कटानमा जोखिमा पर्छ, ‘उनले भने, ‘यसतर्फ समयमै सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’ भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले वाढी प्रभावित नगरभरीका सबै क्षेत्रमा पुर्ननिर्माण रोकथाम भईरहेको बताए । ‘हामीले ‘मेयर अन द स्र्पोट’ कार्यक्रम अन्र्तरगत खन्यखोलाको बाँध सहित सबै क्षेत्रमा काम शुरु गरेका छौँ, ‘प्रवक्ता अवस्थीले भने, ‘वाढीबाट कटान भएको क्षेत्रमा अस्थायी तटबन्ध, पटान व्यवस्थापन देखिका आवश्यक सबै कामकाज अघि बढाएका छौँ ।’

ताजा समाचार