बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग

कञ्चनपुर : भीनपा–१३ मा रहेका बाढी पीडित परिवारलाई संजीवनी नेपालले खाद्यान्न सहयोग गरेको छ । असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षाको कारणले प्रभावित भएका बाढी पीडित परिवारका ७१ जनालाई खाद्यान्न सहायोग गरेको हो । खाद्यान्नमा चावल, आटा, तेल, दाल, नुन, लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । घरमा रहेको धान गँहु देखि सबै अन्न, लता कपडा बाढीले बगाएर लगे पछि हातमुख जोड्न धौ धौ परेको बेला संजीवनी नेपालले गरेको सानो सहयोगले पनि आफूहरुलाई धेरै आस पलाएको खाद्यन्न लिन आएक रामेश्वरी विकले बताईन् साथै अरु संघ संस्थाले पनि केही दिनमा सहयोग गर्न बचा गरेको उनले भनिन् ।

अविरल वर्षाका कारण ९ परिवार घरबार विहिन हुन पुगेकोे वडा अध्यक्ष राम बहादुर बोहराले बताए । महाकाली पुल आयोजनाका कारण भुजेला खोलाको उचित समाधान नहुँदा थोरै वर्षाका कारण पनि वडा नं. ११, १२ र १३ मा डुबान हुने गरेको वडा अध्यक्ष बोहराले बताए । उनले भने ‘कुनै मानविय क्षति नभए पनि धन जन लगायत अन्नबाली पानीले बगाएर लगेको छ भन्ने धेरै किसानको जमिन बाढीले कटानी गरेको छ ।’

बाढी पीडित परिवारलाई खाद्यान्न हस्तान्तरण कार्यक्रममा संजीवनी नेपाल कञ्चनपुरको आयोजनामा टेवा काठमाण्डौं नेपालले सहयोग गरेको थियो भने सुदूरपश्चिम पैरवी महिला सञ्जालले सहकार्य गरेको थियो । संजीवनी नेपाल निर्देशक नितु भट्टको सभापतित्वमा वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहराको प्रमुख आतिथ्यमा रहेको थियो ।

ताजा समाचार