सत्ताधारी एमाले निकट महिला संघद्वारा निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्री लेखकलाई ज्ञापन पत्र

कञ्चनपुर : सत्ताधारी नेकपा एमाले निकट अखिल नेपाल महिला संघले कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारी सार्वजनिक गर्न गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएका छन । एमाले निकट अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पठाएका हुन । बिहीबार प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत उद्धव सिह कार्कीलाई ज्ञापन पत्र बुझाउँदै गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पठाएको अखिल नेपाल महिला संघले कञ्चनपुरका उपाध्यक्ष भुवन कुँवरले बताईन ।

उनका अनुसार ६ बर्ष वितिसक्दा पनि निर्मलाका हत्यारा पत्ता नलाग्नु दुखत विषय भएकाले शिघ्र सार्वजनिक गर्नुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताईन । अखिल नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष चिनीगिरीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा प्रहरीले गर्ने अनुसन्धानमा राजनीति गर्ने खालका कृयाकलाप र दवावका कारण प्रहरीले दोषि समान्न नसकेको गृहमन्त्रीलाई अवगत भएको विषय उल्लेख गरिएको छ । गृहमन्त्रीकै नगर जिल्लाको जघन्य घटना भएकाले निर्मलाका हत्यारा पत्ता लाग्नेदेखि कार्बाही हुने विश्वास व्यक्ति गरिएको छ ।

ज्ञापन पत्रमा गृहमन्त्री रमेश लेखकलाई ईङगित गर्दै विगतमा यहाँले ‘निर्मला पन्त्को हत्यारा सरकारले नै लुकाएको र आफुले जिम्मेबार बहन गरेको २४घण्टा भित्र निर्मला पन्तको हत्यारा पत्ता लगाउनेछु’ भनेर बोलेको विषयबाट समेत अब निर्मलाका हत्यारा पत्ता लाग्नेमा विश्वास व्यक्त गरिएको उल्लेख गरिएको छ । आफ्नै निर्वाचन क्षेत्र, गृह नगर जिल्लामा भएको यस्तो अपराधमा नजरअन्दाज नगरे महिला संघले आन्दोलन गर्ने चेतावनी दिएका छन ।

ताजा समाचार